Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Friday, March 13, 2026
गृहपृष्ठराजनितिनेपाली कांग्रेस विशेष महाधिवेशन: आज मतदान नहुने, भोलिदेखि निर्वाचन प्रक्रिया सुरु

नेपाली कांग्रेस विशेष महाधिवेशन: आज मतदान नहुने, भोलिदेखि निर्वाचन प्रक्रिया सुरु


काठमाडौं । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनमा आज राति मतदान नहुने निश्चित भएको छ।

काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भइरहेको महाधिवेशनमा आज साँझ साढे ६ बजेदेखि साढे ७ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको छ।

मनोनयन प्रक्रिया सकिएपछि मात्रै नयाँ कार्यतालिका सार्वजनिक गरिने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार आजकै राति मतदान हुने सम्भावना नरहेको स्पष्ट छ।

उनले भोलि बिहानदेखि मतदान प्रक्रिया सुरु हुनेगरी कार्यतालिका आउने अपेक्षा गरिएको जानकारी दिएका छन्।

निर्वाचन कार्यतालिका सार्वजनिक भएसँगै महाधिवेशनको बाँकी प्रक्रिया थप स्पष्ट हुने अपेक्षा गरिएको छ भने प्रतिनिधिहरू भोलिको मतदानका लागि तयारीमा जुटिरहेका छन्।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino