नेपाल–भारत सीमा सुरक्षा बैठक : निर्वाचनका लागि सशक्त सुरक्षा व्यवस्था तय
काठमाडौं । बिहीबार विराटनगरमा सम्पन्न नेपाल-भारत सीमा जिल्ला समन्वय समितिको बैठकले आगामी प्रतिनिधिसभा निर्वाचनका बेला सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउने निर्णय गरेको छ।
आज मोरङ, झापा, सुनसरी र भारतका किसनगञ्ज, अररिया, सुपौल जिल्लाका उच्च अधिकारीहरूको सहभागीता रहेको बैठकले निर्वाचन सुरक्षा रणनीति र सीमा व्यवस्थामा सहकार्य गर्ने विषयमा छलफल गरेको जिल्ला प्रशासन कार्यालय मोरङले जारी प्रेस विज्ञप्तिमा जनाएको छ।
बैठकले मतदान हुनुभन्दा ७२ घण्टा अघि सीमा नाका पूर्ण रूपमा बन्द गर्ने सहमति गरेको छ।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल र भारतको अररिया जिल्लाका डिस्ट्रिक्ट मजिस्ट्रेट विनोद दुहानको सह–अध्यक्षतामा सम्पन्न बैठकले संभावित सुरक्षा चुनौतीहरूलाई सम्बोधन गर्न संयुक्त सीमा गस्ती सशक्त बनाउने र सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त बनाउने निर्णय गरेको छ।
साथै उक्त बैठकले सीमा क्षेत्रमा हुने अवैध गतिविधि, तेस्रो देशका नागरिकको अनधिकृत प्रवेश, लागूऔषध, मानव बेचबिखन, जाली नोट कारोबार, हतियार र नगद तस्करी नियन्त्रणमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको हो ।
यो बैठकले नेपाल–भारत सीमामा निर्वाचन सुरक्षा सुनिश्चित गर्ने दुवै पक्षको स्पष्ट संकल्प प्रस्तुत गरेको छ।
ताजा अपडेट
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
- गगनको राजीनामा होइन १५ औँ महाधिवेशनको मिति घोषणा जरुरी किरण गिरी,
- भारत टी–२० विश्वकप २०२६ को च्याम्पियन, न्युजिल्यान्डमाथि ९६ रनको शानदार जित
- देशका विभिन्न स्थानमा सवारी दुर्घटना: दुई दिनमा १० जनाको मृत्यु
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया