पर्यटकको ‘अनलाइन ट्र्याकिङ’ दुई चरणमा देशभर लागु
काठमाडौं । नेपाल आउने विदेशी नागरिकको विवरण अब अनलाइन प्रणालीमार्फत दर्ता र अनुगमन गरिने भएको छ।
सरकारले १ जनवरी २०२६ देखि विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली अनिवार्य रूपमा लागू गरेको हो।
गृहमन्त्री ओमप्रकाश अर्याल र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीको उपस्थितिमा अध्यागमन विभागले उक्त प्रणालीको औपचारिक सुरुवात गरेको हो।
यसअघि १ असोजदेखि लागू गर्ने घोषणा गरिए पनि देशभित्रको परिस्थितिका कारण प्रणाली १ जनवरीदेखि मात्रै लागू गरिएको विभागले जनाएको छ।
अध्यागमन विभागका अनुसार प्रणाली दुई चरणमा लागू हुनेछ। पहिलो चरणमा काठमाडौं उपत्यकाका तारे होटलमा अनिवार्य गरिएको छ भने दोस्रो चरणमा १ मार्च २०२६ (१७ फागुन २०८२) देखि देशभरका तारे होटल, वायुसेवा कम्पनी, टुर्स एन्ड ट्राभल कम्पनी र मनी एक्सचेन्जमा लागू गरिनेछ।
त्यस्तै सबै प्रकारका होटल, गेस्ट हाउस तथा सार्वजनिक र निजी संस्थाबाट विदेशी नागरिकलाई प्रदान गरिने सेवामा पनि यो प्रणाली लागू हुनेछ। विदेशी नागरिकलाई सेवा दिने सबै संस्था प्रणालीमा आबद्ध हुनुपर्ने व्यवस्था गरिएको हाे ।
नेपाल भ्रमण गर्ने विदेशी नागरिकको सुरक्षा बढाउने, आवश्यक सूचनामा सहज पहुँच बनाउने, सम्भावित जोखिम नियन्त्रण गर्ने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यो प्रणाली विकास गरिएको अध्यागमन विभागले जनाएको छ।
प्रणाली कार्यान्वयनसँगै नेपाल प्रवेश गर्ने विदेशी नागरिकको बसोबास र गतिविधिको अभिलेख व्यवस्थित हुने, आपतकालीन अवस्थामा खोज, उद्धार तथा सुरक्षा कार्यमा सहजता आउने विश्वास लिइएको छ।
साथै सुरक्षा निकाय, पर्यटन व्यवसायी र सरोकारवाला निकायबीच सूचना आदान–प्रदान अझ प्रभावकारी हुने जानकारी गराएको छ।
ताजा अपडेट
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया