Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठअन्य पशुपति बहुमुखी क्याम्पसको ४६औँ वार्षिकोत्सव सम्पन्न

 पशुपति बहुमुखी क्याम्पसको ४६औँ वार्षिकोत्सव सम्पन्न


काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको पशुपति बहुमुखी क्याम्पसको ४६औँ वार्षिकोत्सव समारोह सोमबार काठमाडौंको मित्रपार्क, चाबहिलस्थित क्याम्पस परिसरमा सम्पन्न भएको छ।

“विद्या ददाति विनयम्” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा त्रिवि उपकुलपति प्रा.डा. दीपक अर्यालले सामुदायिक क्याम्पसमा अध्यापनरत शिक्षक–शिक्षिकाको स्तर निर्धारण प्रक्रिया छिट्टै अघि बढाइने स्पष्ट पारे। उनले उक्त विषय त्रिवि सिनेटबाट पारित भइसकेको जानकारी दिँदै अब समिति गठन गरी कार्यान्वयन प्रक्रिया सुरु गरिने बताए।

उपकुलपति अर्यालले कलेज नवीकरणका क्रममा देखिएका समस्या समाधान गर्न विश्वविद्यालय तयार रहेको उल्लेख गर्दै झन्झटमुक्त नवीकरण प्रक्रिया अघि बढाइने जानकारी दिएका हुन् ।साथै उनले पशुपति बहुमुखी क्याम्पसलाई अध्यापन केन्द्रका रूपमा मात्र नभई अनुसन्धान केन्द्रका रूपमा विकास गर्न आग्रह पनि गरेका छन्।

वार्षिकोत्सवका अवसरमा क्याम्पसको शैक्षिक विकास र संस्थागत सुदृढीकरणमा उल्लेखनीय योगदान पुर्‍याएका व्यक्तित्वहरुलाई ‘योगदान व्यक्तित्व रूपमा सम्मानित ’ पनि गरिएको हो। त्यस्तै उत्कृष्ट शिक्षक, कर्मचारी तथा प्रतिभावान विद्यार्थीहरूलाई पनि सम्मान गरिएको छ।

उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका विशिष्ट व्यक्तिहरूले पनि उपस्थिति जनाएका हुन् । क्याम्पस प्रमुख, शिक्षक, कर्मचारी, विद्यार्थी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको हो ।

सोही कार्यक्रमका अवसरमा विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिनुका साथै विभिन्न क्षेत्रका प्रतिभाहरूले आफ्नो कला र क्षमता प्रदर्शन गरेका हुन् । साथै उत्कृष्ट शिक्षक, कर्मचारी र प्रतिभावान विद्यार्थीहरूलाई सम्मानसमेत गरिएको छ ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino