Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठराजनितिपाँच वर्षमा परिणाम देखाउने कांग्रेसको प्रतिवद्धता : गगन थापा

पाँच वर्षमा परिणाम देखाउने कांग्रेसको प्रतिवद्धता : गगन थापा


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा ले अबको पाँच वर्षलाई राष्ट्र निर्माणको निर्णायक कालखण्ड बनाउने घोषणा गरेका छन्।

बुधबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा उनले विगतमा पटक पटक अवसर पाए पनि त्यसको पूर्ण सदुपयोग गर्न नसकेको स्वीकार गर्दै अबको समय परिणाममुखी कामको हुने स्पष्ट पारे।

उनका अनुसार कांग्रेसले सार्वजनिक गर्न लागेको प्रतिज्ञापत्रमा पाँच वर्षभित्र देखिने ठोस उपलब्धि समेटिएका छन्। युवापुस्ताले चाहेको परिवर्तन र विश्वास पुनःस्थापित गर्ने दायित्व कांग्रेसले लिने उनको दाबी छ।

थापाले लोकतन्त्रलाई कुनै पनि प्रकारको हस्तक्षेप वा ‘हाइज्याक’ हुन नदिने प्रतिबद्धता दोहोर्याउँदै सुधार, सुशासन र प्रभावकारी ‘डेलिभरी’ दिन पार्टी सक्षम रहेको बताएका हुन् । देश निर्माणमा सबै राजनीतिक शक्तिहरूलाई सहकार्यमा ल्याउने नेतृत्व कांग्रेसले गर्ने उनको भनाइ छ ।

अबको पाँच वर्ष संकल्प, सुधार र परिणामको अभियानमा कांग्रेस अघि बढ्ने संकेत देखिएको छ



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino