Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Friday, March 13, 2026
गृहपृष्ठराजनितिपार्टी जोगाउन सकिएन, अब एउटा निर्णयमा पुग्छौँ : पूर्णबहादुर खड्का

पार्टी जोगाउन सकिएन, अब एउटा निर्णयमा पुग्छौँ : पूर्णबहादुर खड्का


काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशनको तयारीका बेला सानेपामा संस्थापन पक्षको भेला सुरु भएको छ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्का सानेपा पुगेका कार्यकर्तालाई अब पार्टी जोगाउन नसकिने जानकारी दिएका छन्।खड्काका अनुसार, “उहाँहरु पार्टी फुटाउनेतर्फ अघि बढेको देखियो। सहमतिका लागि हदैसम्मको लचकता देखाइयो।

मैले हस्ताक्षर छोड्छु भने पनि निर्वाचन प्रक्रिया रोकिएन।” उनले थपे, विशेष महाधिवेशन पक्षधरले पार्टी फुटाउने दिशातर्फ नै अगाडि बढेको देखिएको छ।

यसबीच, हिजोदेखि लम्बिइरहेको केन्द्रीय समितिको बैठक आज बस्ने तयारी रहेकाे छ।पार्टी नेतृत्व चयनको गृहकार्य विशेष महाधिवेशन पक्षधरले गरिरहेको अवस्थामा संस्थापन पक्षले आफ्नो भेला सञ्चालन गरेको हो।

पार्टी नेतृत्व र सहमति खोज्ने आगामी निर्णयले कांग्रेसको भविष्यमा महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino