Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठराजनितिपुल–सडकको फोटो होइन, सिंहदरबारको कुशासनविरुद्ध जनमत चाहिन्छ’ : रवि लामिछाने

पुल–सडकको फोटो होइन, सिंहदरबारको कुशासनविरुद्ध जनमत चाहिन्छ’ : रवि लामिछाने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले परम्परागत विकासका तस्बिर देखाएर भोट माग्ने राजनीति आफूले नगर्ने स्पष्ट पारेका छन्।

केही दिनको उपचारपछि सार्वजनिक जीवनमा फर्किएका लामिछानेले सामाजिक सञ्जालमार्फत् आफ्नो राजनीतिक लडाइँ ‘कस्मेटिक विकास’ होइन, सिंहदरबारभित्रको कुशासनविरुद्ध केन्द्रित हुने बताएका हुन्।

उनले पुल, भवन र सडकका तस्बिर बेच्ने प्रवृत्तिमा कुनै रुचि नभएको उल्लेख गर्दै सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्नका लागि जनमत आवश्यक भएको बताए। राज्य संयन्त्रका हरेक तहमा फैलिएको कुशासनलाई जडैदेखि हटाउन जनताको स्पष्ट म्यान्डेट चाहिएको उनको भनाइ छ।

लामिछानेले कुशासनलाई ‘वर्षौँअघि रोपिएको बिउ’ को संज्ञा दिँदै जरो नउखेलिएसम्म वास्तविक परिवर्तन सम्भव नहुने जिकिर गरे। साथै, आगामी फागुन २१ गतेलाई राजनीतिक परिवर्तनको निर्णायक दिनका रूपमा उल्लेख गर्दै त्यसपछि बन्ने संसद् पुरानो प्रवृत्तिमुक्त हुनुपर्ने बताए।

राजनीतिलाई शब्दजालमा अल्झाउन नहुने धारणा राख्दै उनले लोकतन्त्र जोगाउने जिम्मेवारी कुनै एक नेताको नभई जनताकै हातमा रहेको स्पष्ट पारे।

फागुन २१ पछि देशको राजनीतिले नयाँ दिशा लिने दाबी गर्दै लामिछानेले जनताको मतबाटै पुरानो सोच, पुरानो अभ्यास र कुशासनको अन्त्य हुने विश्वास व्यक्त गरे।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino