Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठराजनितिपूर्व मेयर रमेश मर्हजन र वडा अध्यक्ष नुच्छे मर्हजन एमाले परित्याग गरी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

पूर्व मेयर रमेश मर्हजन र वडा अध्यक्ष नुच्छे मर्हजन एमाले परित्याग गरी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश


काठमाडौं । किर्तिपूर नगरपालिकाका पूर्व मेयर रमेश मर्हजन र वडा नं. ६ का पूर्व वडाअध्यक्ष नुच्छे मर्हजनले नेपाल कम्युनिष्ट पार्टी (एमाले) छोडेर नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन्।

आइतबार उनिहरूलाई पार्टी संयोजक पुष्पकमल दाहाल “प्रचण्ड” र नेता बामदेव गौतमसहितका नेताहरूले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्वागत गर्दै प्रवेश गराएका हुन्।

आज पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले नेपाली कम्युनिष्ट पार्टी धेरै कम्युनिष्ट पार्टी मिलेर बनेको बताउँदै यो एकता सिंगो एमालेसहितको बृहत् एकतामा पुग्ने विश्वास व्यक्त गरेका छन् । उनले राष्ट्रवादि शक्तिहरूबीचको सहकार्यले देशको राजनीतिमा सकारात्मक सन्देश जाने धारणा समेत राखेका हुन् ।

पार्टी प्रवेश गरेका पूर्व मेयर रमेश मर्हजन र पूर्व वडाअध्यक्ष नुच्छे मर्हजनले किर्तिपूर–१० मा तारा चिन्हबाट उम्मेदवार रहनुभएकी रुपा मर्हजनलाई विजयी गराउन सक्रिय भूमिका खेल्ने बताएका छन्

मर्हजनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार जनअपेक्षा अनुसार काम गर्न नसकेर आलोचित भएको भन्दै आफूहरूसँग पुनः मत माग्ने नैतिक अधिकार नभएको टिप्पणी गरे ।

पार्टी प्रवेशसँगै  राजनीतिमा नेपाली कम्युनिष्ट पार्टीको उपस्थितिले नयाँ गतिशीलता थप्ने अपेक्षा गरिएको छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino