Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठअन्यपृथ्वी राजमार्गमा बसको ठक्कर, एक जनाको ज्यान गयो

पृथ्वी राजमार्गमा बसको ठक्कर, एक जनाको ज्यान गयो


काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित केबुलकार गेट नजिक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

आज बिहान बसको ठक्करबाट गम्भीर घाइते भएका गोरखा जिल्लाको सहिद लखन गाउँपालिका–२ निवासी अन्दाजी ३४ वर्षीय जीवन परियारको उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार धनगढीबाट काठमाडौँतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३३६८ नम्बरको बसले बिहान ८ बजेर ५३ मिनेटमा परियारलाई ठक्कर दिएको हो। घाइते अवस्थामा उनलाई उपचारका लागि भरतपुर लगिएयो उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

घटनापछि बस चालक कैलालीको लम्कीचुवा नगरपालिका–१२ का ४२ वर्षीय सुभाष विश्वकर्मा र बसलाई प्रहरी नियन्त्रणमा लिइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino