Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठराजनितिप्रतिनिधिसभा निर्वाचन सुरक्षामा सेना सक्रिय, आधिकारिक सूचना मात्र विश्वास गर्न आग्रह

प्रतिनिधिसभा निर्वाचन सुरक्षामा सेना सक्रिय, आधिकारिक सूचना मात्र विश्वास गर्न आग्रह


काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई सुरक्षित, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन नेपाली सेना पूर्ण तयारीका साथ परिचालित भएको जनाएको छ।

बुधबार सेनाले एकीकृत सुरक्षा योजनाअनुसार विभिन्न निकायहरूसँग समन्वय गर्दै जिम्मेवारी निर्वाह गरिरहेको स्पष्ट पारेको हो।जंगी अड्डास्थित जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको सूचनामा सरकारबाट तोकिएको संवैधानिक दायित्वअनुसार सेना गैर–राजनीतिक भूमिकामा रहेर परिचालन भइरहेको उल्लेख छ।

निर्वाचन प्रक्रियालाई मर्यादित र व्यवस्थित बनाउन सबै सुरक्षा निकायबीच आवश्यक सहकार्य भइरहेको पनि बताइएको छ। यसैक्रममा निर्वाचनको सन्दर्भमा सामाजिक सञ्जाल तथा अन्य माध्यममार्फत फैलाइएका अपुष्ट, भ्रामक र अतिरञ्जित सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको सेनाले जानकारी दिएको छ।

यस्ता सामग्रीले अनावश्यक भ्रम र असहजता सिर्जना गर्न सक्ने भन्दै सर्वसाधारणलाई सत्य तथ्यमा आधारित सूचना मात्र विश्वास गर्न आग्रह गरिएको हो। सेनाले निर्वाचन अवधिभर उच्च सतर्कता अपनाइने र सुरक्षा व्यवस्थामा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेको छ।

निर्वाचन नजिकिँदै जाँदा सुरक्षा संयन्त्र थप सक्रिय बन्दै गएको र समन्वयात्मक ढंगले शान्तिपूर्ण वातावरण सुनिश्चित गर्न पहल तीव्र पारिएको देखिन्छ।

 



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino