Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठराजनितिप्रतिनिधि सभा सदस्यको निर्वाचन रोक्न माग गरिएको रिटमा सर्वोच्चमा पेसी

प्रतिनिधि सभा सदस्यको निर्वाचन रोक्न माग गरिएको रिटमा सर्वोच्चमा पेसी


काठमाडौं। निवर्तमान सांसदहरूले प्रतिनिधिसभा निर्वाचन रोक्न सर्वोच्च अदालतमा दायर गरेको पूरक रिट सुनुवाइका लागि आज पेसी तोकिएको छ ।

पूर्व महान्यायाधिवक्ता खम्मबहादुर खातीको वारेस मार्फत दायर रिटमा असंवैधानिक रूपमा नियुक्त प्रधानमन्त्री सुशीला कार्की र उनको नेतृत्वको सरकारले सञ्चालन गर्ने भनिएको प्रतिनिधिसभा निर्वाचन रोक्न माग गरिएको छ । त्यस्तै नेपाली कांग्रेसका ६५ सांसद (पहिलेका ८ सहित) र अन्य तीन सांसदको हस्ताक्षरसहित दायर गरिएको रिटमा संविधानको रक्षा र निर्वाचनको वैधानिकता सम्बन्धमा विवाद उठाइएको छ ।

यसअघि, मंसिर २३ गते कांग्रेसका ८ सांसद र मंसिर १० गते एमालेका ७५ सांसदले संसद पुनर्स्थापनाका लागि रिट दायर गरिसकेका थिए । प्रारम्भिक सुनुवाइमा राष्ट्रपति र प्रधानमन्त्रीसहित लिखित जवाफ मागिएको थियो ।

पछिल्लो समयमा काँग्रेस, एमाले र अन्य दलका १४३ निवर्तमान सांसद सर्वोच्चमा संसद पुनर्स्थापनाको माग गर्दै एकता व्यक्त गरिरहेका  छन् । राजनीतिक र संवैधानिक दृष्टिले यो कदम आगामी प्रतिनिधिसभा निर्वाचनमा ठूलो प्रभाव पार्ने अनुमान समेत  गरिएको छ ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino