Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठसमाचारफरार सात कैदी पुनः पक्राउ

फरार सात कैदी पुनः पक्राउ


काठमाडौं। विभिन्न कारागारबाट फरार रहेका सात जना कैदीबन्दीलाई प्रहरीले पुनः नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले विशेष खोजी अभियान सञ्चालन गर्दै उनीहरूलाई पक्राउ गरेको जनाएको हाे। प्रहरीका अनुसार फरार कैदीहरू डाँका चोरी, , मानव बेचबिखन तथा ओसारपसार, नकबजनी, लागुऔषध र ज्यान मार्ने उद्योगजस्ता गम्भीर मुद्दामा संलग्न रहेका छन् ।

पक्राउ परेकामध्ये ४१ वर्षीय तेन्जिङ बहादुर तामाङ (डाँका चोरी), २० वर्षीय प्रितम गुरुङ (चोरी), २३ वर्षीया बविता तामाङ (मानव बेचबिखन), २२ वर्षीय विक्रम नेपाली (नकबजनी चोरी), भुवन तामाङ (लागुऔषध), अनिस मगर (ज्यान मार्ने उद्योग) र भारतीय नागरिक रोसन साह (लागुऔषध) रहेका छन्। उनीहरू भदौ २४ गते कारागारबाट फरार भएका हुन् ।

प्रहरी टोलीले काठमाडौंका विभिन्न स्थानबाट फागुन ३ गते नियन्त्रणमा लिई कानुनी प्रक्रिया पूरा गरी आज सम्बन्धित कारागारमा बुझाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार फरार अभियुक्तहरूको खोजीका लागि विशेष टोली परिचालन गरिएको हो।

फरार अभियुक्तहरू पक्राउ परेसँगै सुरक्षामा थप सतर्कता अपनाइएको प्रहरीले जानकारी जानकारी गराएको छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino