Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठअन्यफागुन ७ मा रास्वपाको वाचापत्र सार्वजनिक गर्ने तयारी

फागुन ७ मा रास्वपाको वाचापत्र सार्वजनिक गर्ने तयारी


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन ७ गते आफ्नो वाचापत्र सार्वजनिक गर्ने भएको छ।

फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीले सो दिन औपचारिक रूपमा आफ्नो प्रतिबद्धता सार्वजनिक गर्ने तयारी गरेको महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।

उनका अनुसार, “फागुन ७ गते हामीले वाचापत्र सार्वजनिक गर्छौं, त्यसअनुसार पार्टी तयारीमा छ।”
निर्वाचन आयोगले राजनीतिक दलहरूलाई फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गर्न निर्देशन दिइसकेको हो।

अहिलेसम्म प्रमुख दलहरूमध्ये नेपाली कम्युनिस्ट पार्टी र जसपा नेपालले आफ्नो घोषणापत्र सार्वजनिक गरिसकेका छन्। त्यस्तै राप्रपा शनिबार सार्वजनिक गर्ने तयारीमा रहेको छ भने नेपाली कांग्रेस र नेकपा एमालेले कहिलेसम्म सार्वजनिक गर्ने भनेर टुङ्गो लागेको छैन।

निर्वाचन नजिकिँदै जाँदा दलहरूबीच घोषणापत्र सार्वजनिक गर्ने तयारी तिव्ररूपमा अघि बढेको देखिन्छ ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino