Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठअन्यबर्दियामा चितुवाको आक्रमण : ६ वर्षीय बालकको मृत्यु, तीन जना घाइते

बर्दियामा चितुवाको आक्रमण : ६ वर्षीय बालकको मृत्यु, तीन जना घाइते


काठमाडौं । राजापुर नगरपालिका–१० कालाबन्जरमा चितुवाको आक्रमणबाट बुधबार एक बालकको ज्यान गएको छ भने, तीन जना स्थानीय घाइते भएका छन्।

स्थानीय शिशिर थारूका ६ वर्षीय छोरा आदित्य चौधरी घरको आँगनमा खेलिरहेको अवस्थामा चितुवाले आज आक्रमण गरेको प्रहरीले जानकारी दिएको छ। गम्भीर घाइते बालकलाई तत्काल उपचारका लागि बर्दिया अस्पताल लगिँदै गर्दा बाटोमै मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक प्रमेश विष्टका अनुसार बालकको शव अस्पतालमा राखिएको छ र घटनाबारे थप विवरण संकलन भइरहेको छ।

बालकलाई जोगाउन तथा चितुवा धपाउने प्रयासका क्रममा कृतिमान थारू, धनीराम थारू र श्यामलाल थारू घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था सामान्य रहेको र एक जनाको अवस्था मध्यम रहेको जनाइएको छ। उनीहरूलाई थप उपचारका लागि नेपालगन्जतर्फ पठाइएको हो।

प्रहरीका अनुसार चालू आर्थिक वर्षमा मात्रै बर्दियामा वन्यजन्तुको आक्रमणबाट १२ जनाले ज्यान गुमाइसकेका छन्, जसमा नौ जना चितुवाको आक्रमणमा परेका हुन् ।

गाउँ बस्ती नजिक वन्यजन्तुको आवतजावत बढ्दै जाँदा स्थानीयवासी त्रसित बनेका छन्। वन तथा सुरक्षासम्बन्धी निकायले जोखिम न्यूनीकरणका लागि प्रभावकारी उपाय अवलम्बन गर्नुपर्ने आवश्यकता फेरि एकपटक देखिएको छ।

 



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino