बलियो सरकार बन्ने दाबी गर्दै : लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी निर्वाचनपछि देशमा बलियो सरकार गठन हुने विश्वास व्यक्त गरेका छन्।
सोमबार चितवनको कालिका नगरपालिका–३ मा आयोजित स्थानीय भेटघाट कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन्।लामिछानेले देशभर आफ्नो पार्टीप्रति सकारात्मक माहोल बनेको दाबी गर्दै आगामी चुनावपछि स्थिर र प्रभावकारी सरकार बन्ने बताए। “अहिले देशभर माहोल सकारात्मक छ, यसपटक बलियो सरकार बन्ने आशा देखिएको छ,” उनले भने।
उनले सरकारमा रहँदा जनताको समस्या समाधान गर्न प्रयास गरे पनि सबै काम पूरा गर्न नसकेको स्वीकार गरे। सुकुम्बासी समस्या पुरानै रहेको उल्लेख गर्दै उनले नेताहरूले भाषणभन्दा काममार्फत परिणाम देखाउनुपर्ने धारणा राखे। स्थानीय बासिन्दाले भने पटक–पटक आश्वासन पाए पनि सुकुम्बासी समस्या समाधान नभएको गुनासो गरेका हुन् । त्यसप्रति गम्भीर ध्यान दिने प्रतिबद्धता समेत लामिछानेले व्यक्त गरेका छन्।
आगामी निर्वाचनलाई लक्षित गर्दै राजनीतिक माहोल तातिँदै गएको बेला जनताको विश्वास जित्दै देशमा स्थिर र बलियो सरकार गठन गर्ने लक्ष्यका साथ राष्ट्रिय स्वतन्त्र पार्टी अघि बढिरहेको देखिन्छ ।
ताजा अपडेट
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया