Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठसमाचारबैतडीमा ट्याक्टर दुर्घटना, एकजनाको मृत्यु

बैतडीमा ट्याक्टर दुर्घटना, एकजनाको मृत्यु


काठमाडौं ।  बैतडीको पाटन नगरपालिका–८ स्थित दशरथचन्द राजमार्गअन्तर्गत अनारखोलीमा बिहीबार बिहान ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्।

धनगढीबाट बैतडीतर्फ जाँदै गरेको म १ त १०१३ नम्बरको ट्याक्टर अचानक अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेका व्यक्तिहरू मध्ये एकजनाको घटनास्थलमै मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार मृतक तथा घाइतेहरूको पहिचान हालसम्म खुल्न सकेको छैन।

घाइते तीनजनालाई प्रारम्भिक उपचारपछि डडेलधुरा अस्पताल पठाइएको छ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। लगातार भइरहेका सवारी दुर्घटनाले पहाडी सडकको जोखिम फेरि एकपटक उजागर गरेको छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino