ब्रिटिश कलेजलाई तत्काल कारवाही गर्न अखिल समाजवादीको माग
काठमाडौं । नेकपा (माओवादी) पार्टीको भातृसंगठन अखिल (समाजवादी)ले ब्रिटिश कलेजलाई तत्काल कारवाही गर्न माग गरेको छ।
सोमबार एक विज्ञप्ती जारी गर्दै संगठनका केन्द्रिय अध्यक्ष नरेन्द्र सील ब्रिटिश कलेजले हस्पिटालिटी विजनेश म्यानेजमेन्ट लगायतका शैक्षिक कार्यक्रमहरु अवैध रुपमा चलाएको भन्दै तत्काल कारवाही गर्न माग गरेका हुन्।
उनले विज्ञप्तीमा लेखेका छन्, ‘काठमाडौंको ब्रिटिस कलेजले हस्पिटालिटी विजनेश म्यानेजमेन्ट लगायतका शैक्षिक कार्यक्रमहरु अवैध रुपमा चलाएको, अत्यधिक शुल्क लिएको, फरक कोर्स पढाएको, भर्ना गरिएका विद्यार्थीहरु युएईमा अलपत्र पारेको र समस्याको समाधान भन्दा पनि न्यायको माग गरिरहेका विद्यार्थीहरुलाई कलेजले उल्टै धम्की दिएको र क्रसित बनाएको घटना प्रति हाम्रो संगठनको गम्भिर ध्यानाकर्षण भएको छ ।’
विदेशी सम्वन्धन प्राप्त कलेजहरुले विगत लामो समयदेखि नेपालमा शैक्षिक कार्यक्रम, भर्ना संख्या, शुल्क, छात्रवृति लगायतका विषयमा लुट र अनियमिता गरिरहेको उल्लेख गर्दै उनले यसका विरुद्धमा संगठनले निरन्तर आवाज उठाउदैँ आएको बताए।
अध्यक्ष सीले ठगी धन्दामा संलग्न सो कलेजलाई तत्काल कारवाही गर्न शिक्षा मन्त्रालय र सुरक्षा निकायसंग विशेष माग गरेका छन् ।
‘यसैको पछिल्लो उदाहरण द व्रिटिस कलेजमा देखिएको छ । तसर्थ ठगी धन्दामा संलग्न सो कलेजलाई तत्काल कारवाही गर्न हामी शिक्षा मन्त्रालय र सुरक्षा निकाय संग विशेष माग गर्दछौँ,’ उनले विज्ञप्तीमा लेखेका छन् ।
उनले सो कलेजलाई तत्काल कारवाही गर्न हामी शिक्षा मन्त्रालय र सुरक्षा निकाय संग विशेष माग गरेका छन् ।साथै उनले पिडित विद्यार्थीका मागहरु तत्काल सम्वोधन गर्न कलेज प्रशासनसँग जोडदार माग गरेका छन् ।
विदेशी विश्वविद्यालयबाट सम्वन्धन प्राप्त सवै कलेजहरुलाई शैक्षिक कार्यक्रम, भर्ना संख्या, शुल्क, छात्रवृति लगायतका विषयमा स्पष्ट निति बनाएर नियन्त्रण, नियमन र विशेष निगरानी गर्न पनि उनले सरकारसँग माग गरेका छन् ।
ताजा अपडेट
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया