Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठअन्तर्राष्ट्रियभारत टी–२० विश्वकप २०२६ को च्याम्पियन, न्युजिल्यान्डमाथि ९६ रनको शानदार जित

भारत टी–२० विश्वकप २०२६ को च्याम्पियन, न्युजिल्यान्डमाथि ९६ रनको शानदार जित


काठमाडौं । भारतले आइसिसी टी–२० विश्वकप २०२६ को उपाधि जित्दै क्रिकेट इतिहासमा नयाँ कीर्तिमान कायम गरेको छ।

अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको फाइनल खेलमा आइतबार न्युजिल्यान्डलाई ९६ रनले पराजित गर्दै भारत तेस्रो पटक विश्वकप च्याम्पियन बनेको हो। योसँगै भारत लगातार दोस्रो पटक टी–२० विश्वकप जित्ने टोली बनेको छ। यसअघि भारतले सन् २००७ र २०२४ मा पनि उपाधि जितेको थियो।

लगातार दुई संस्करणको उपाधि उचाल्ने पहिलो टोली बनेको भारत आयोजक राष्ट्रका रूपमा विश्वकप जित्ने इतिहास पनि बनाएको छ। आज फाइनलमा भारतले दिएको २५६ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्ड १९ ओभरमै १५९ रनमा अलआउट भयो। ओपनर टिम सेइफर्टले २६ बलमा ५२ रन बनाए पनि अन्य ब्याटरले टिक्न सकेनन्। ।

भारतका तेज बलर जसप्रित बुमराहले ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिएर खेलको दिशा बदलिदिए। यसअघि टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २५५ रनको विशाल स्कोर बनाएको हो।

भारतका शीर्ष ब्याटरहरूले उत्कृष्ट प्रदर्शन गरे। सन्जु सामसनले ४६ बलमा ५ चौका र ८ छक्कासहित अविजित ८९ रन बनाए। ओपनर अभिषेक शर्माले २१ बलमै ५२ रनको विस्फोटक इनिङ्स खेले भने इशान किशनले २५ बलमा ५४ रन जोडे। अन्त्यतिर शिवम दुबेले ८ बलमा अविजित २६ रन बनाउँदै भारतको स्कोर अझै बलियो बनाएका हुन् ।

न्युजिल्यान्डका लागि जिमी निशमले ३ विकेट लिए भने रचिन रवीन्द्र र म्याट हेनरीले समान १–१ विकेट हात पारे। भारतको ऐतिहासिक जितसँगै टी–२० विश्वकप २०२६ को उपाधि फेरि एकपटक भारतीय टोलीको हातमा पुगेको छ।

यस ऐतिहासिक जितसँगै भारतले टी–२० विश्वकप २०२६ को ट्रफी उचाल्दा देशभर खुशीको लहर छाएको छ। भारतीय समर्थकहरू उत्सव मनाउँदै टोलीको सफलताको खुसी साटिरहेका छन्।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino