भ्रामक प्रचारको विरोधमा राप्रपाको कडा कदम, साइबर ब्युरो र निर्वाचन आयोगमा उजुरी
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सामाजिक सञ्जालमार्फत फैलाइएको भ्रामक सामग्री र गलत प्रचारविरुद्ध साइबर ब्युरो तथा निर्वाचन आयोगमा औपचारिक उजुरी दर्ता गराएको छ।
पार्टीले जातीय सद्भाव बिगार्ने र भ्रम सिर्जना गर्ने उद्देश्यले केही फेसबुक अकाउन्टबाट अध्यक्ष राजेन्द्र लिङ्देनलाई लक्षित गरी आपत्तिजनक सामग्री सार्वजनिक गरिएको दाबी गरेको हो।
राप्रपा महामन्त्री राजेन्द्र गुरूङले साइबर ब्युरोमा बुझाएको निवेदनमा ‘हाम्रो पार्टी नेपाल मधेस’, ‘दलित भ्वाइसेस’, ‘नन्दु बिसी’ र ‘लोकेन्द्र बिसी’ नामका फेसबुक आइडीमार्फत भ्रामक पोस्ट गरेको उल्लेख गरेका छन् । उक्त पोस्टहरूमा अध्यक्ष लिङ्देनको तस्वीरसँगै गाईको तस्वीर प्रयोग गरी गलत सन्देश फैलाइएको भन्दै त्यसप्रति आवश्यक कानुनी कारबाहीको माग गरिएको हो।
यस्तै, ‘नेपाली टाइम्स’ नामक अनलाइन माध्यमले रूपन्देही–२, झापा लगायतका क्षेत्रमा एमाले र राप्रपाबीच समझदारी भएको भन्दै गरेको प्रचार तथ्यहीन र भ्रामक भएको राप्रपाको भनाइ छ। उक्त विषयमा निर्वाचन आचारसंहिता उल्लङ्घन भएको दाबी गर्दै पार्टीले निर्वाचन आयोगसमक्ष पनि निवेदन दिएको छ।
राप्रपाले लोकतान्त्रिक प्रक्रियामा भ्रम र गलत सूचना फैलाउने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट गर्दै सम्बन्धित निकायबाट निष्पक्ष छानबिन र कारबाही हुने विश्वास व्यक्त गरेको छ।
ताजा अपडेट
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया