Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठराजनितिमतदान प्रक्रिया सुरु, राष्ट्रियसभा सदस्य चयन हुँदै

मतदान प्रक्रिया सुरु, राष्ट्रियसभा सदस्य चयन हुँदै


काठमाडौँ । राष्ट्रिय सभामा रिक्त हुन लागेका १८ सदस्य पदका लागि आज देशभर निर्वाचन सुरु भएको छ।

निर्वाचन आयोगका अनुसार बिहान ९ बजेदेखि मतदान प्रक्रिया सुरु भई दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ। निर्वाचन आयोगले जनाएको अनुसार सबै तयारी पूरा भएपछि सातै प्रदेशमा एकसाथ मतदान अघि बढाइएको हो।

कुल १८ पदमध्ये कोशी प्रदेशको खस–आर्य समूहअन्तर्गत एक पदमा प्रतिस्पर्धा नहुँदा नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेका छन्।

बाँकी १७ पदका लागि भने सातै प्रदेशमा मतदान जारी रहेको छ। विराटनगर, जनकपुरधाम, हेटौँडा, पोखरा, घोराही, वीरेन्द्रनगर र धनगढीमा तोकिएका मतदान केन्द्रहरूमा मतदाताहरूले मतदान गरिरहेका छन्।

यस निर्वाचनमा प्रदेशसभा सदस्य, नगर प्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष मतदाता रहेका छन्।

निर्वाचन सम्पन्न भएसँगै मतगणना प्रक्रिया अघि बढाइने र परिणाम सार्वजनिक भएपछि राष्ट्रिय सभाको नयाँ संरचना स्पष्ट हुने अपेक्षा गरिएको छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino