Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठराजनितिमन्त्रिपरिषद् बैठक जारी, निर्वाचन तयारीदेखि समसामयिक विषयमा छलफल

मन्त्रिपरिषद् बैठक जारी, निर्वाचन तयारीदेखि समसामयिक विषयमा छलफल


काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक अहिले जारी रहेको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेर अघि सुरु भएको बैठकमा सरकारका उच्च प्राथमिकताका विषयमा छलफल भइरहेको छ।

बैठकमा देशको समसामयिक राजनीतिक तथा प्रशासनिक अवस्थाका साथै आगामी निर्वाचनको तयारी, सुरक्षा व्यवस्थापन र आवश्यक नीतिगत निर्णयबारे गम्भीर छलफल भइरहेको जनाइएको छ।

यसका साथै विभिन्न मन्त्रालयसँग सम्बन्धित नियमित प्रस्तावहरू पनि बैठकको कार्यसूचीमा समावेश गरिएको स्रोतको भनाइ छ।

सरकारले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आवश्यक तयारीलाई तीव्र बनाउने विषयमा आजको बैठकमा विशेष ध्यान दिएको  छ।

केही महत्वपूर्ण निर्णयहरू समेत आजै सार्वजनिक हुने सम्भावना रहेको छ।

मन्त्रिपरिषद् बैठकको निष्कर्ष र निर्णयबारे बैठक सकिएपछि औपचारिक जानकारी सार्वजनिक गरिने प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino