महिला हिंसा र मानव बेचबिखनविरुद्धका एजेण्डा घोषणापत्रमा समेट्न आट्विनको माग
काठमाडौँ । महिला हिंसा र मानव बेचबिखनविरुद्ध प्रभावकारी नीति तथा कार्यक्रम आगामी माग निर्वाचन घोषणापत्रमा समेट्नुपर्ने मागसहित आट्विनको टोलीले नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेको छ।
पार्टी कार्यालय पेरिसडाँडामा सम्पन्न भेटमा आट्विनको टोलीले महिला तथा बालिकामाथि हुने हिंसा, मानव बेचबिखन, सुरक्षित आप्रवासन, पीडितको संरक्षण र न्याय सुनिश्चिततासम्बन्धी विषयमा स्पष्ट नीतिगत प्रतिबद्धता आवश्यक रहेको धारणा राखेको हो। सो अवसरमा टोलीले यी विषय समेटिएको लिखित सुझावपत्र संयोजक प्रचण्डसमक्ष बुझाएको छ।
भेटका क्रममा संयोजक प्रचण्डले संविधानले सुनिश्चित गरेका समावेशीकरण, प्रतिनिधित्व र समानतासम्बन्धी अधिकारहरू आफ्नो नेतृत्वको राजनीतिक संघर्षबाट प्राप्त उपलब्धि भएको उल्लेख गरेका छन् । ती अधिकारलाई व्यवहारमा पूर्ण रूपमा कार्यान्वयन गर्न पार्टी थप सशक्त ढंगले अघि बढ्ने प्रचण्ड भनाइ रहेको छ ।
महिला अधिकार, समानता र सामाजिक न्याय नेपाली कम्युनिष्ट पार्टीका आधारभूत एजेण्डा रहेको उल्लेख गर्दै संयोजक प्रचण्डले आट्विनले उठाएका विषयहरूलाई पार्टीको नीति, कार्यक्रम तथा घोषणापत्रमा समेट्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
आट्विनसँग आबद्ध महिला अधिकारकर्मी तथा अभियन्ताहरूको सहभागितामा उक्त भेट सम्पन्न भएको छ ।
ताजा अपडेट
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया