Techie IT
  • सोमबार, चैत्र ९, २०८२ / Monday, March 23, 2026
गृहपृष्ठअन्यमुस्ताङ भन्सारको कमाल: पौने ६ अर्ब राजस्व, कोरला नाका बन्यो मुख्य व्यापारिक मार्ग

मुस्ताङ भन्सारको कमाल: पौने ६ अर्ब राजस्व, कोरला नाका बन्यो मुख्य व्यापारिक मार्ग


काठमाडौं । नेपाल–चीन सीमामा रहेको मुस्ताङको कोरला नाकाबाट चालु आर्थिक वर्षमा झण्डै पौने ६ अर्ब रुपैयाँ राजस्व सङ्कलन भएको छ।

भदौ अन्त्यदेखि पूर्ण सञ्चालनमा आएको भन्सार कार्यालयले चैत ७ सम्म रु ५ अर्ब ७१ करोडभन्दा बढी राजस्व उठाएको जनाएको छ।

उक्त अवधिमा १२ अर्बभन्दा बढी मूल्यका सामान आयात हुँदा करिब २० करोड बराबरको निर्यात भएको छ। साथै, दुई हजारभन्दा बढी विद्युतीय सवारीसाधन र हजारौं मालवाहक कन्टेनर जाँचपास भइसकेका छन्।

रसुवागढी र तातोपानी नाका बन्द भएपछि वैकल्पिक रूपमा प्रयोग गरिएको कोरला नाका अहिले प्रमुख व्यापारिक केन्द्रका रूपमा स्थापित हुँदै गएको छ। पहिले सामान्य आम्दानी हुने यो नाकाले अहिले उल्लेखनीय आर्थिक योगदान दिन थालेको हो।

अधिकारीहरूका अनुसार कोरला नाकाको सक्रिय प्रयोगले उत्तरी व्यापारलाई नयाँ गति दिएको छ भने आगामी दिनमा अझै ठूलो परिमाणमा राजस्व वृद्धि हुने अपेक्षा गरिएको छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino