मूलपानी घटनाकाण्ड : गोली प्रहारपछि १० जना लुटेरा प्रहरी नियन्त्रणमा
काठमाडौं । राजधानीको मूलपानी क्षेत्रमा सक्रिय लुटपाट समूहविरुद्ध कारबाही गर्दै प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले आज आयोजित पत्रकार सम्मेलनमार्फत उनीहरूलाई सार्वजनिक गरेको हो।
प्रहरीका अनुसार रातिको समयमा एक्लै हिँडिरहेका सर्वसाधारणलाई निशाना बनाउँदै आएको उक्त समूहलाई नियन्त्रणमा लिन खोज्दा अवस्था जटिल बनेपछि गोली प्रहार गर्नुपरेको हो ।
घटनापछि सबैलाई सुरक्षित रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
सार्वजनिक गरिएका व्यक्तिहरू विभिन्न जिल्लाका स्थायी बासिन्दा रहेको र उनीहरूमध्ये अधिकांशको विगत आपराधिक गतिविधिसँग सम्बन्ध देखिएको प्रहरीको भनाइ छ।
पक्राउ परेकाहरू काभ्रे, सिन्धुली, खोटाङ, मोरङ, रामेछाप र सिन्धुपाल्चोकलगायत जिल्लाबाट काठमाडौं आएर संगठित रूपमा लुटपाटमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानले देखाएको हो।
प्रहरीका अनुसार उनीहरूले समूह बनाएर राति सुनसान स्थान छानेर सर्वसाधारणमाथि लुटपाट गर्ने, डरत्रास देखाउने र मोबाइल, नगद तथा बहुमूल्य सामान लुट्ने गरेका हुन् ।
घटनासँग सम्बन्धित थप प्रमाण संकलन र अनुसन्धान प्रक्रिया जारी रहेको पनि प्रहरीले बताएको छ।
हाल पक्राउ परेका सबैलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको हो भने, यस किसिमका आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरी निगरानी थप कडा बनाइएको जानकारी दिइएको छ।
प्रहरीले राजधानीका नागरिकलाई विशेष गरी रातिको समयमा सतर्क रहन, सुनसान ठाउँमा हिँड्दा सावधानी अपनाउन र कुनै शंकास्पद गतिविधि देखिएमा तुरुन्त प्रहरीलाई जानकारी गराउन आग्रह समेत गरेको छ।
ताजा अपडेट
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
- गगनको राजीनामा होइन १५ औँ महाधिवेशनको मिति घोषणा जरुरी किरण गिरी,
- भारत टी–२० विश्वकप २०२६ को च्याम्पियन, न्युजिल्यान्डमाथि ९६ रनको शानदार जित
- देशका विभिन्न स्थानमा सवारी दुर्घटना: दुई दिनमा १० जनाको मृत्यु
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया