मेची भन्सारबाट अलैँची निर्यातमा उछाल, ८ अर्ब ६१ करोड नाघ्यो
काठमाडौं। मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्म अलैँची निर्यातमा उल्लेखनीय वृद्धि देखिएको छ।
कार्यालयका अनुसार १० महिनाको अवधिमा ८ अर्ब ६१ करोड २० लाख ७ हजार रुपैयाँ बराबरको अलैँची विदेश पठाइएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५९.८० प्रतिशतले बढी हो।
सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार चालु आवमा ४ हजार १५३.१५ मेट्रिकटन अलैँची निर्यात भएको छ। गत आर्थिक वर्ष २०८१/८२ को यही अवधिमा भने ५ अर्ब ३८ करोड ८० लाख २० हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको हो।अलैँचीको निर्यात बढ्दा चियाको निर्यातमा भने गिरावट आएको छ। चालु आवको १० महिनामा २ अर्ब ३२ करोड १२ लाख ५६ हजार रुपैयाँको चिया निर्यात भएको छ, जुन अघिल्लो वर्षको तुलनामा २६.७० प्रतिशतले कम छ।
गत आवको सोही अवधिमा ३ अर्ब १६ करोड ६२ लाख १३ हजार रुपैयाँको चिया निर्यात भएको हो। अन्य वस्तुमा अवस्था भन्सार कार्यालयको विवरण अनुसार भेनियर सिट (९१.१०%), छुर्पी (६३.३०%), अदुवा/सुठो (१०१.८०%), काउली, ब्रोकाउली र बन्दागोभी (३६.१०%), मुसुरो दाल (३१६.२०%) तथा जडीबुटी (९२.९%) को निर्यातमा वृद्धि देखिएको छ। यता प्लाउड (४०.९०%) र अम्रिसो (२४.९०%) को निर्यातमा भने कमी आएको छ।
मेची भन्सारबाट चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्म कुल १६ अर्ब ३ करोड १५ लाख ८३ हजार रुपैयाँ बराबरको मालवस्तु निर्यात भएको कार्यालयले जानकारी दिएको छ।
अलैँची निर्यातमा देखिएको तीव्र वृद्धिले समग्र निर्यात व्यापारलाई सकारात्मक संकेत दिएको छ, यद्यपि चियाजस्ता केही वस्तुमा गिरावटले चुनौती कायम रहेको देखिन्छ।
ताजा अपडेट
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
- गगनको राजीनामा होइन १५ औँ महाधिवेशनको मिति घोषणा जरुरी किरण गिरी,
- भारत टी–२० विश्वकप २०२६ को च्याम्पियन, न्युजिल्यान्डमाथि ९६ रनको शानदार जित
- देशका विभिन्न स्थानमा सवारी दुर्घटना: दुई दिनमा १० जनाको मृत्यु
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया