मैतीदेवीबाट गरे मतदान, आगामी पाँच वर्षको दिशा यही निर्वाचनले तय गर्ने : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौंको मैतीदेवी मन्दिरस्थित मयुरकुण्ड मतदान केन्द्रबाट आफ्नो मत खसालेका छन्।
बिहीबार बिहान मतदान गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले अहिलेको निर्वाचनले आगामी पाँच वर्षका लागि देश सञ्चालनको स्पष्ट मार्गनिर्देशन दिने बताए।
उनले संविधानको निर्धारित मार्गभन्दा बाहिर राजनीतिक अवस्था जान थालेपछि देश लामो समय अनिश्चिततातर्फ जान सक्ने चिन्ता उत्पन्न भएको उल्लेख गर्दै यस निर्वाचनले लोकतान्त्रिक प्रक्रियालाई पुनः सही दिशामा ल्याउने विश्वास व्यक्त गरे।
थापाले देशभर शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको भन्दै यसले लोकतान्त्रिक प्रणालीप्रति जनताको विश्वास झल्काएको बताए समेत बताएका छन् ।
नेपाली कांग्रेसले सभापति थापालाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गर्दै आएको छ। उनी सर्लाही निर्वाचन क्षेत्र नम्बर–४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन्।
देशभरका मतदान केन्द्रहरूमा मतदाताहरू बिहानैदेखि उपस्थित भई आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्। निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरिएको छ।
ताजा अपडेट
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया