युवामैत्री रूपान्तरणसहित कांग्रेस चुनावी प्रतिस्पर्धामा
काठमाडौँ । नेपाली कांग्रेसले आफूलाई समयअनुकूल रूपान्तरण गर्दै नयाँ पुस्ताको अपेक्षा र भावना समेटेर अघि बढिरहेको दाबी गरेको छ।
पार्टी नेतृत्वले कांग्रेस अब पुरानो ढाँचामा सीमित नरही नीति, व्यवहार र संगठनात्मक संरचनामा परिवर्तनसहित निर्वाचनमा उत्रिएको जनाएको छ।
कांग्रेसले सुरु गरेको ‘कांग्रेस डबली’ नामक संवाद कार्यक्रमको पहिलो संस्करणमा बोल्दै पार्टी प्रवक्ता देवराज चालिसेले युवाको चाहनाअनुसार कांग्रेसको सोच र कार्यशैली परिमार्जन गरिएको उल्लेख गरेका छन् ।
उनका अनुसार कांग्रेसमा अहिले युवा सहभागिता बढ्दै गएको छ र पार्टीप्रति भरोसा पुनः स्थापित हुँदैछ।
“आजको पुस्ताले खोजेको परिवर्तनलाई ध्यानमा राख्दै कांग्रेसले आफ्नो स्वरूप र आचरण सुधार गरेको छ,” उनले भने, “अब कांग्रेस केवल इतिहासमा सीमित छैन, भविष्य निर्माणको जिम्मेवारी बोकेर अघि बढेको छ।”
उनले आन्तरिक लोकतन्त्र बलियो नहुँदासम्म नेतृत्व परिवर्तन मात्रले सार्थक परिणाम नदिने उल्लेख गरे।
कार्यक्रमका वक्ताहरूले राजनीतिक दलहरूले विचार, नीति र व्यवहारमा निरन्तर सुधार गर्दै जनविश्वास जित्नुपर्ने आवश्यकता औँल्याउँदै यस्ता खुला संवादहरूले लोकतन्त्रलाई थप सुदृढ बनाउने निष्कर्ष निकालेका छन् ।
ताजा अपडेट
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया