रजत जयन्तीको अवसरमा ‘नेपाल आदिवासी ज्ञान सम्मेलन–महोत्सव २०८२’ आयोजना हुने
काठमाडौं । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले आफ्नो स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा रजत जयन्ती मनाउने भएको छ। यही अवसरमा ‘नेपाल आदिवासी ज्ञान सम्मेलन–महोत्सव २०८२’ आयोजना गरिने भएको हो।
प्रतिष्ठानले आज काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत रजत जयन्ती तथा ज्ञान सम्मेलनबारे औपचारिक जानकारी दिएको छ। ‘ज्ञानको आदान–प्रदान, धरोहरको संरक्षण, भविष्यको निर्माण’ भन्ने मूल नारासहित सम्मेलन तथा महोत्सव सञ्चालन गरिने जनाइएको छ।
पत्रकार सम्मेलनमा प्रतिष्ठानका उपाध्यक्ष रेसम गुरुङले आगामी माघ २७ गते आदिवासी जनजातिसँग सम्बन्धित १५ विषयगत क्षेत्रमा आधारित ८१ वटा अनुसन्धानात्मक कार्यपत्र प्रस्तुत गरिने जानकारी दिएका छन्। उक्त कार्यपत्रमा आदिवासी जनजातिको भाषा, संस्कृति, मौलिक ज्ञान प्रणाली, परम्परागत सीप, प्राकृतिक स्रोत व्यवस्थापन, शिक्षा, स्वास्थ्य, रोजगारी, लैङ्गिक समानता, जलवायु परिवर्तन, मानव अधिकार, नीति निर्माण र समावेशी विकासका विविध आयाम समेटिनेछन्।
उपाध्यक्ष गुरुङका अनुसार आदिवासी जनजातिको मौलिक ज्ञान र अनुभवलाई अभिलेखीकरण गर्दै राष्ट्रिय विकाससँग जोड्ने उद्देश्यसहित सम्मेलन आयोजना गर्न लागिएको हो। उहाँले सम्मेलनबाट प्राप्त निष्कर्षले नीति निर्माण तहसम्म प्रभाव पार्ने विश्वास व्यक्त गरेको छ ।
रजत जयन्ती तथा ज्ञान सम्मेलन–महोत्सवको औपचारिक समापन कार्यक्रम प्रतिष्ठानका अध्यक्ष एवं प्रधानमन्त्री शुशिला कार्कीको प्रमुख आतिथ्यतामा आयोजना गरिने आयोजकले जनाएको छ।
सम्मेलनमा देशका विभिन्न भू–भागका साथै विदेशबाट समेत ८०० भन्दा बढी आदिवासी जनजाति अभियन्ता, अध्येता, अनुसन्धानकर्ता, युवा तथा विद्यार्थीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। सहभागीहरूले अनुभव आदान–प्रदान, बहस र संवादमार्फत साझा निष्कर्ष निकाल्ने अवसर पाउने विश्वास आयोजकको छ।
विगत २५ वर्षदेखि आदिवासी जनजातिको पहिचान, अधिकार, सशक्तीकरण र समावेशी राज्य निर्माणका क्षेत्रमा सक्रिय रहँदै आएको प्रतिष्ठानले रजत जयन्तीले संस्थागत भूमिका थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ। सम्मेलनबाट निस्कने सुझाव र निष्कर्ष आगामी नीति, योजना तथा कार्यक्रम निर्माणमा उपयोगी हुने अपेक्षा गरिएको छ।
ताजा अपडेट
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया