रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
सिट बाँडफाँटमा असहमति बढ्दा नयाँ सरकार गठन प्रक्रिया ढिलो हुने संकेत
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र समानुपातिक सिटको भागबण्डालाई लिएर आन्तरिक सकस देखिएको छ। स्रोतहरूका अनुसार पार्टी सभापति रवि लामिछाने पक्षले आफ्नो अख्तियारी प्रयोग गर्दै बालेन शाह पक्षलाई न्यून सिट दिने मनस्थिति बनाएको चर्चा छ।
स्रोतका अनुसार संसदीय दलमा आफ्नो पक्षका नेताहरूको बहुमत सुनिश्चित गर्ने उद्देश्यले यस्तो रणनीति बनाइएको बताइन्छ। संसदीय दलमा बहुमत पुगेको अवस्थामा आवश्यक परे नेतृत्व परिवर्तन गर्न सकिने राजनीतिक गणितलाई समेत यससँग जोडेर हेरिएको छ।
यस्तै, भविष्यमा पार्टीभित्रको विवाद चर्किएर विभाजनको अवस्था आएमा आवश्यक पर्ने ४० प्रतिशत संसदीय समर्थनको अंकगणितलाई ध्यानमा राख्दै बालेन पक्षलाई सीमित सिटमा राख्ने रणनीति अपनाइएको विश्लेषण गरिएको छ।
उता, पार्टी प्रवेशका बेला केन्द्रीय समितिमा करिब ४० प्रतिशत हिस्सा पाएको बालेन पक्ष भने संसदीय दलमा पनि त्यही स्तरको शक्ति सुरक्षित गर्ने प्रयासमा रहेको बताइन्छ।
यही कारणले रास्वपाभित्र समानुपातिक सिटको भागबण्डामा सहमति जुट्न नसकेको स्रोतहरू बताउँछन्। राजनीतिक वृत्तमा यसले नयाँ सरकार गठनको प्रक्रिया पनि केही समय ढिला हुन सक्ने चर्चा चलिरहेको छ।
ताजा अपडेट
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया