रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले फागुन २१ को निर्वाचनका लागि प्रतिनिधि सिफारिसमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले भ्रम फैलाएको भन्दै भ्रममा नपर्न आग्रह गरेको छ ।
राप्रपाको आज बसेको समितिको क्षत्रीय बैठकले प्रत्यक्षतर्फ पशुपतिशम्शेर राणासहित ४ जना र समानुपातिकमा प्रा.डा.जयन्तनाथ खनालसहित ६ जना सिफारिस भएको स्पष्ट पार्दै सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा आएका सूचनामा विश्वास नगर्न आग्रह गरेको छ ।
क्षेत्र नम्बर १ बाट पुस १ गते नै निर्णय गरेर सिफारिस केन्द्रीय कार्यालयमा दर्ता गरिएको जानकारी गराउँदै बैठकले पूर्ववतः निर्णयमा कुनै फेरबदल नभएको र सोही निर्णयमा प्रतिबद्ध रहेको जनाएको छ ।
बैठकमा राप्रपाका केन्द्रीय सल्लाहकार मदनदास श्रेष्ठ, समिति सदस्य रामेश्वर श्रेष्ठ, बाग्मती प्रदेश ख का अध्यक्ष भिमसेन पूरी, समिति सदस्य विनोद दवाडी, वडा नम्बर १० का अध्यक्ष सरोजजंग थापा, वडा ३१ का अध्यक्ष चमन कोइराला, वडा ११ का अध्यक्ष अम्बिका अर्याल, वडा २९ का अध्यक्ष रिना शाही वली, वडा सदस्य २९ का शक्ति चौंलागाईं, वडा २९ का विपिन वली र वडा ३१ सचिव राम किशोर सहभागी थिए । कुल १६ सदस्यीय समितिमा ११ सदस्यको बहुमतले यो निर्णय गरेको हो ।
ताजा अपडेट
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया