Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठराजनितिराष्ट्रिय सभाका लागि एमालेका ८ उम्मेदवारको टुंगो

राष्ट्रिय सभाका लागि एमालेका ८ उम्मेदवारको टुंगो


काठमाडौं । राष्ट्रिय सभा निर्वाचनलाई लिएर दलहरूबीचको शक्ति–सन्तुलन स्पष्ट हुँदै जाँदा सहमतिको राजनीति भने अझै टुंगोमा पुगेको छैन।

नेकपा (एमाले) ले राष्ट्रिय सभाका लागि ८ जना उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।

एमालेले प्रदेशगत रूपमा उम्मेदवार टुंग्याएको हो।

पार्टीका अनुसार कोशी प्रदेशबाट रोशनी मेचे र सोम पोर्तेल, मधेशबाट रेखा झा, बागमतीबाट प्रेम दंगाल, गण्डकीबाट सम्झना देवकोटा, लुम्बिनीबाट रामकुमारी झाँक्री, कर्णालीबाट मीना रखाल र सुदूरपश्चिमबाट लिला भण्डारी राष्ट्रिय सभाका उम्मेदवार बनेका छन्।
१८ सदस्यका लागि हुने निर्वाचनमा आजै मनोनयन दर्ता सुरु हुँदैछ।

राष्ट्रिय सभा निर्वाचनलाई लिएर दलहरूबीचको शक्ति–सन्तुलन स्पष्ट हुँदै जाँदा सहमतिको राजनीति भने अझै टुंगोमा पुगेको छैन।

माघ ११ गते हुने निर्वाचनका लागि उम्मेदवारी प्रक्रिया अघि बढे पनि प्रमुख दलहरूबीच सिट बाँडफाँटको औपचारिक सहमति अझै हुन सकेको छैन।
एमाले-कांग्रेस ७–७,नेकपा ३ र जनता समाजवादी पार्टी  १ सिटको प्रारम्भिक समझदारीको प्रयास भए पनि अन्तिम सहमति नजुटेको स्रोतको भनाइ छ।

अझै प्रश्न उस्तै छ— सहमतिको बाटो खुल्ला हुन्छ कि प्रतिस्पर्धा नै अन्तिम विकल्प बन्छ? राष्ट्रिय सभाको चुनावी गणित आजको मनोनयनसँगै अझ स्पष्ट हुने देखिएको छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino