Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठराजनितिराष्ट्रिय सभामा नेकपाको नयाँ नेतृत्व, बेदुराम भुसाल संसदीय दलको नेता नियुक्त

राष्ट्रिय सभामा नेकपाको नयाँ नेतृत्व, बेदुराम भुसाल संसदीय दलको नेता नियुक्त


काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय सभा संसदीय दलको बैठक आज सिंहदरबारमा सम्पन्न भएको छ।

बैठकले बेदुराम भुसाललाई राष्ट्रिय सभा संसदीय दलको नेता नियुक्त गरेको छ। त्यसैगरी, पार्टीले प्रमुख सचेतकको जिम्मेवारी मदनकुमारी शाह ‘गरिमा’लाई दिएको छ भने सचेतकमा गंगा बेलवासेलाई नियुक्त गरेको हो।

यसअघि संसदीय दलका नेता रहेका नारायणकाजी श्रेष्ठले पदबाट राजीनामा दिएर आगामी निर्वाचनका लागि उम्मेदवार बनेपछि राष्ट्रिय सभामा पार्टीको भूमिका थप प्रभावकारी बनाउने उद्देश्यसहित नयाँ नेतृत्व टिम गठन गरिएको पार्टीले जानकारी गराएको  छ।

नवनियुक्त नेतृत्व टिमले राष्ट्रिय सभामा पार्टीका नीतिगत एजेन्डा, विधेयक तथा समसामयिक राजनीतिक विषयहरूमा पार्टीलाई मजबुत रूपमा प्रस्तुत गर्ने विश्वास पार्टी नेतृत्वले व्यक्त गरेको छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino