राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा निर्वाचन सम्पन्न गराउन सहयोग गर्ने सबैप्रति धन्यवाद
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ले प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन सहयोग गर्ने सम्पूर्ण पक्षप्रति आभार व्यक्त गरेको छ।
पार्टीका सभापति रवि लामिछानेले बिहीबार एक विज्ञप्ति जारी गर्दै विभिन्न चुनौतीका बाबजुद ऐतिहासिक प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न सहयोग पुर्याउने सबै सरोकारवालाप्रति हार्दिक धन्यवाद ज्ञापन गरेका हुन्।
विज्ञप्तिमा निर्वाचनलाई निर्धारित मितिमै सम्पन्न गर्न योगदान पुर्याउने सम्माननीय प्रधानमन्त्री, नेपाल सरकारका निकायहरू, निर्वाचन आयोग नेपाल, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, सञ्चार जगत, नागरिक समाज, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षक र आम मतदाताप्रति विशेष आभार व्यक्त गरिएको छ।
पार्टीले अब आउने निर्वाचन परिणामले जनताले चाहेको लोकतन्त्र, पारदर्शिता, उत्तरदायित्व र सुशासनको अपेक्षा सम्बोधन गर्ने विश्वास व्यक्त गरेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

ताजा अपडेट
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
- गगनको राजीनामा होइन १५ औँ महाधिवेशनको मिति घोषणा जरुरी किरण गिरी,
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया