Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठअन्यरासस मिडिया सङ्ग्रहालय पुगे गृहमन्त्री अर्याल : ऐतिहासिक सामग्रीबारे जानकारी

रासस मिडिया सङ्ग्रहालय पुगे गृहमन्त्री अर्याल : ऐतिहासिक सामग्रीबारे जानकारी


काठमाडौं । ओमप्रकाश अर्यालले ‘रासस मिडिया सङ्ग्रहालय तथा समाचार बुलेटिन कक्ष’को अवलोकन गरेका छन् ।

आइतबार भद्रकालीस्थित राष्ट्रिय समाचार समिति (रासस) को केन्द्रीय कार्यालय भ्रमणका क्रममा गृहमन्त्री अर्यालद्वारा सङ्ग्रहालयमा राखिएका ऐतिहासिक सामग्री तथा समाचार बुलेटिन कक्षको निरीक्षण गरिएको हो।

अवलोकनपछि आगन्तुक पुस्तिकामा मन्तव्य लेख्दै गृहमन्त्री अर्यालले राससको स्थापनाकालदेखि प्रयोग हुँदै आएका प्रेस सामग्री, पत्रपत्रिका, बुलेटिन, टेलिफोन तथा टाइपराइटरलगायत सामग्रीबारे जानकारी प्राप्त भएको उल्लेख गरेका हुन् ।

अवलोकनका क्रममा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, महाप्रबन्धक सन्दीप राई तथा विभागीय प्रमुखहरूले गृहमन्त्रीलाई स्वागत गर्दै सङ्ग्रहालयका विभिन्न पक्षबारे जानकारी गराएका छन् ।

सञ्चार इतिहासको संरक्षण, अभिलेखीकरण र भावी पुस्तामा हस्तान्तरणका लागि यस्ता पहल महत्वपूर्ण हुने विश्वास व्यक्त गरिएको छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino