रास्वपाको परिवर्तन उद्घोष सभामा भ्रष्टाचार अन्त्य र ऐतिहासिक परिवर्तनमा जोड – सभापति लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रबि लामिछानेले आज धनगढीमा आयोजित सभामा उपस्थित जनतालाई सम्बोधन गर्दै आगामी चुनावमा जनताको अधिकार र ऐतिहासिक परिवर्तन सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
अध्यक्ष लामिछानेले भने, “यसपटक जनता नै जित्ने हो। इतिहास बदल्ने सोच लिएर हामी यहाँ आएका छौँ। हाम्रो उद्देश्य व्यक्तिगत राजनीतिक आकांक्षा होइन, देशको वास्तविक राजनीतिक परिवर्तन सुनिश्चित गर्नु हो सुदूरपश्चिमका भूमिहीन, बेरोजगार, शिक्षा र स्वास्थ्यका समस्याहरू समाधान गर्न हामी प्रतिबद्ध छौँ।”
उक्त भाषणमा उनले पुराना राजनीतिक दलहरूको काम र भोट बैंक प्रणालीको आलोचना गर्दै भन्नुभयो, “कयौं जनताका समस्यालाई लिएर एजेन्डा बनाएर वर्षौँसम्म स्थायी बनाइएको छ। रास्वपाले भने राजनीतिक विकृति र बेसङ्गतिको अन्त्य गर्दै, जनताको वास्तविक अधिकार सुनिश्चित गर्नेछ।”
यसैबीचमा लामिछानेले विदेशमा रहेका नेपालीहरूलाई सम्झिदै उनीहरूप्रति सम्मान व्यक्त गर्दै भनेका छन् कि तपाईंहरूले विदेशमा भोग्नुपरेको कठिनाइहरू दुःखद छन्। त्यसैले यस पटक देशमा योगदान पुर्याउने, देश बनाउन र इतिहास रच्न नेपाल फर्किन आग्रह समेत गरेका हुन् ।
भोटरलाई प्रत्यक्ष र समानुपातिक उम्मेदवारका लागि स्पष्ट निर्देशन दिँदै भनेका छन् ।, “घरघरमा जानुहोस् र भन्नुहोस्, घण्टीको तर्फबाट हामी आएका छौँ। भ्रष्टाचार र बेथिति फाल्नुपर्छ आदि हैन पुरै फाल्ने हो त्यसैले प्रत्यक्षमा पनि घण्टी, समानुपातिकमा पनि घण्टी, यहाँ पनि घण्टी, त्यहाँ पनि घण्टी। सबको जय होस्। जय देश, जय घण्टी।”
यस चुनावलाई ऐतिहासिक अवसरको रूपमा व्याख्या गर्दै, सबै जनतालाई सक्रिय सहभागी भई देशको भविष्य निर्माणमा साथ दिन आग्रह गरेका छन् ।



ताजा अपडेट
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया