रास्वपाको सचिवालय बैठक आज, उम्मेदवार छनोटदेखि संगठन विस्तारसम्म
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालयमा अपराह्न २ बजे बस्ने बैठकमा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनसँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू हुने अपेक्षा गरिएको छ।
नेताहरूका अनुसार बैठकमा प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार तय गर्ने प्रक्रिया, केन्द्रीय समिति विस्तार, साथै निर्वाचन परिचालन समिति गठनबारे छलफल हुनेछ।
यसैगरी, समानुपातिक उम्मेदवार परिचालन कार्यविधि, निर्वाचन स्रोत व्यवस्थापन कार्यविधिलगायतका विषयहरू पनि सचिवालय बैठकको एजेन्डामा समेटिएका छन्।
बैठकमा प्रदेशस्तरीय बृहत् पार्टी प्रवेश कार्यक्रम, जिल्लास्तरीय पार्टी प्रवेश अभियान, तथा स्थानीय तह उम्मेदवार क्लब गठन गर्ने विषयमा समेत निर्णय हुने सम्भावना रहेको छ।
रास्वपाको यो बैठकलाई आगामी निर्वाचनको तयारीलाई संस्थागत र व्यवस्थित बनाउने महत्वपूर्ण बैठकका रूपमा हेरिएको छ।
ताजा अपडेट
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया