Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठराजनितिरास्वपाको समानुपातिक सूचीमा बालेन टिमका ४० जना

रास्वपाको समानुपातिक सूचीमा बालेन टिमका ४० जना


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीमा मेयर बालेन्द्र शाह को टिमबाट ४० जना उम्मेदवार समेटिने भएका छन्।

आइतबार भएको रास्वपा–बालेन पक्षबीचको सहमतिअनुसार बालेनले तयार पारेको ४० जनाको सूची पार्टीले स्वीकार गर्ने समझदारी बनेको स्रोतले जनाएको छ।

रास्वपा स्रोतका अनुसार बालेनले आफ्नो टिमबाट ४० जनाको नाम तयार रहेको जानकारी गराएपछि ती सबैलाई समानुपातिक सूचीमा समावेश गर्ने मौखिक सहमति भएको हो।

“बालेनजीले ४० जनाको सूची रहेको बताउनुभयो। त्यसपछि रास्वपाले सबै नाम ल्याउनुस् भनेको हो,” स्रोतले भन्यो। “बाँकी ७० जना रास्वपाका तर्फबाट रहनेछन्।”

निर्वाचन आयोगमा सोमबार (पुस १४) सम्म समानुपातिकतर्फ ११० जनाको नाम बुझाउनुपर्ने छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino