रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता लिने १२ पुगे
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवार सूचीबाट नाम फिर्ता लिनेको संख्या १२ पुगेको छ ।
पछिल्लो पटक सूचीमा रहेका डा. रामजी रामले पनि आफ्नो नाम फिर्ता लिने घोषणा गरेका छन् ।
यसअघि डा. अरनिको पाँडे, टासी शेर्पा, त्रिशला गुरुङ, आसिफ साह, सचिन ढकाल, महेन्द्र लावती, मिलन लिम्बू, सिर्जना ओली (सिर्जु), मोहना अन्सारी, साजन विक र सुदेश गुरुङले समानुपातिक सूचीबाट नाम फिर्ता लिने बताएका हुन् ।
रास्वपा प्रवक्ता मनिष झाका अनुसार मोहना अन्सारीले सूचीमा पहिलो नम्बरमा नराखिएको भन्दै समानुपातिकमा नबस्ने निर्णय गरेकी हुन्। यस्तै, साजन विकले समानुपातिक छाडेर भक्तपुर–२ बाट प्रत्यक्ष चुनाव लड्ने इच्छा व्यक्त गरेका छन् ।
निर्वाचन आयोगका अनुसार अहिले सार्वजनिक रूपमा गरिएको नाम फिर्ताको घोषणा औपचारिक मानिँदैन । उम्मेदवारले आयोगमा स्वयं उपस्थित भएर निवेदन दिएपछि मात्र फिर्ताको प्रक्रिया सुरु हुने जानकारी गराएको छ ।
आयोगको कार्यतालिका अनुसार पुस २८ गतेदेखि उम्मेदवारी फिर्ताको औपचारिक प्रक्रिया अघि बढ्नेछ ।
ताजा अपडेट
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया