रास्वपाले सुर्खेतबाट १०० आधारसहितको बाचापत्र सार्वजनिक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लेआज सर्खेतबाट ‘थिति बसाल्ने सङ्कल्प’ नारासहित आफ्नो चुनावी बाचापत्र सार्वजनिक गरेको छ।
यस बाचापत्रमा रूपान्तरणका लागि १०० नीतिगत आधार समेटिएका छन्, जसमा प्रमुख ध्यान सरकारी सुधार, भ्रष्टाचार रोकथाम, डिजिटल सेवा प्रणाली, र छिटो सेवा प्रवाहमा राखिएको छ।
पार्टीले सार्वजनिक सेवा लिन लाइनमा बस्नु पर्ने बाध्यता हटाउने र ‘लाइन होइन, अनलाइन’ प्रणाली लागू गर्ने योजना प्रस्तुत गरेको छ । यसले बिचौलिया हटाउने र राष्ट्रिय परिचयपत्रमार्फत एकीकृत सेवा प्रणाली सुनिश्चित गर्ने लक्ष्य राखेको हो।
भ्रष्टाचार नियन्त्रणमा, पुराना फाइल र २०४६ देखि सार्वजनिक पदमा रहेका पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्ने नीति अपनाउने उल्लेख गरिएको छ। साथै, भातृ संगठन नखोल्ने र शिक्षा, स्वास्थ्य तथा सार्वजनिक संस्था दलीय राजनीतिबाट स्वतन्त्र राख्ने प्रतिबद्धता जनाएको छ।
अर्थतन्त्रमा डिजिटल अर्थतन्त्र, स्टार्टअप प्रवर्द्धन, र ‘मेक इन नेपाल’ अभियान मार्फत उत्पादनमुखी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने योजना रहेको छ। त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आई–भोटिङ सुविधा र गैरआवासीय नेपालीको अधिकार सुनिश्चित गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ
रास्वपाले यस बाचापत्रमार्फत आगामी निर्वाचनमा जनताको अधिकार र सुव्यवस्थित शासन सुनिश्चित गर्ने आफ्नो लक्ष्य सार्वजनिक गरेको छ।



ताजा अपडेट
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया