रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
काठमाडौं । सल्यानको कुमाख गाउँपालिकाका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सदस्य तथा समर्थक उमेश रानाले रास्वपा परित्याग गर्दै आगामी फागुन २१ गते हुने निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीलाई सहयोग गर्ने घोषणा गरेका छन्।
यस निर्णयसँगै उठेका विभिन्न प्रश्न र पार्टी छाड्नु पर्ने कारणबारे उनले विशेष खुलासा कार्यक्रममा आफ्ना धारणा सार्वजनिक गरेका हुन्।
कार्यक्रममा रानाले पार्टीभित्र देखिएको आन्तरिक असमझदारी, नीतिगत अस्पष्टता र स्थानीय तहमा अपेक्षित भूमिका नदेखिएको कारण आफू अलग हुनुपरेको बताए।
उनले आगामी निर्वाचनमा वामपन्थी शक्तिलाई मजबुत बनाउने उद्देश्यले नेपाली कम्युनिस्ट पार्टीलाई सहयोग गर्ने निर्णय गरेको स्पष्ट पारे।
यसैबीच, रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्।एक कार्यक्रममा उनलाई पार्टी नेतृत्वले स्वागत गर्दै संगठन सुदृढीकरणमा योगदान गर्ने विश्वास व्यक्त गरेको छ।
दल परिवर्तनका यी घटनाले निर्वाचन नजिकिँदै गर्दा स्थानीय राजनीतिक समीकरण थप चासोपूर्ण बन्दै गएको संकेत गरेको छ।
विभिन्न दलभित्रको आन्तरिक अवस्था र नेतृत्वप्रति असन्तुष्ट नेताहरूको धारणा सार्वजनिक हुन थालेसँगै चुनावी माहोल अझ तातिने देखिएको छ।
ताजा अपडेट
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
- गगनको राजीनामा होइन १५ औँ महाधिवेशनको मिति घोषणा जरुरी किरण गिरी,
- भारत टी–२० विश्वकप २०२६ को च्याम्पियन, न्युजिल्यान्डमाथि ९६ रनको शानदार जित
- देशका विभिन्न स्थानमा सवारी दुर्घटना: दुई दिनमा १० जनाको मृत्यु
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया