रुपन्देहीमा ट्रकको ठक्कर, २१ वर्षीय युवकको मृत्यु
काठमाडौं । रुपन्देहीको तिलोत्तमामा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ।
मंगलबार तिलोत्तमा–१५ कोटिहवामा मालबाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा बुटवलका २१ वर्षीय उमेश गुप्ताको ज्यान गएको हो।
आज भैरहवादेखि बुटवलतर्फ आउँदै गरेको ट्रकले गुप्ता सवार बुलेट मोटरसाइकललाई ठक्कर दिएको ट्राफिक प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका गुप्ताको उपचारका क्रममा मणिग्रामस्थित अस्पतालमा मृत्यु भएको हो। घटनापछि ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
पछिल्लो समय बढ्दै गएको सवारी दुर्घटनाले सडक सुरक्षामाथि पुनः प्रश्न उठाएको छ।
ताजा अपडेट
- नेपालमा ‘कमिशन संस्कृति’को जाल : दैनिक जीवनदेखि विकास निर्माणसम्म ‘कट’को प्रभाव
- कांग्रेस केन्द्रीय समितिको बैठक सुरु, विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
- दुःखद खबर: डोटीमा जिप दुर्घटना, दुई युवाको मृत्यु
- झापामा बर्ड फ्लु फैलियो, कुखुरा–अण्डा ओसारपसारमा पूर्ण प्रतिबन्ध
- मकवानपुरमा भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु
- रास्वपालाई बधाई, गगन थापाले मागे गिरीबन्धु र वाइडबडी प्रकरणको छानबिन
- रुपन्देहीमा ट्रकको ठक्कर, २१ वर्षीय युवकको मृत्यु
- कोलम्बियामा सैन्य विमान दुर्घटना : ज्यान गुमाउनेको संख्या ६६ पुग्यो
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया