रोल्पाबाट चुनाव लड्ने पक्का भएपछि महासचिव विप्लवको तयारी तीव्र
काठमाडौँ । रोल्पाबाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिने निश्चित भएपछि नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले चुनावी तयारीलाई तीव्र बनाएका छन्। उनले आन्तरिक छलफलसँगै विभिन्न भेला–बैठकहरू सुरु गरेका हुन्।
महासचिव विप्लव आज रोल्पाबाट काठमाडौँ आएर ललितपुरमा विभिन्न क्षेत्रका क्रियाशील व्यक्तिहरूसँग छलफलमा सहभागी भएका छन्। छलफलका क्रममा उनले एकपटक रोल्पाली जनताको बीचमा पुगेर प्रत्यक्ष संवाद गर्न चाहेको बताउँदै आवश्यक सहयोगको आग्रह गरेका छन्।
उनले भने, “पार्टी र रोल्पाली जनताको आकाङ्क्षा एकपटक रोल्पाबाटै अघि बढ्नुपर्छ भन्ने छ। पार्टीले पनि जिल्लाबाट मलाई सिफारिस गरेको छ। अब एकपटक रोल्पाली जनताको बीचमा गएर आव्हान गर्छौँ।
नेकपा (माओवादी) रोल्पा जिल्ला सङ्गठनले महासचिव विप्लवलाई प्रतिनिधि सभा निर्वाचनका लागि एकल उम्मेदवारका रूपमा सिफारिस गरेको छ। सिफारिससँगै उनले चुनावी तयारीलाई थप सक्रिय बनाएका हुन्।
कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज सन्तोष बुढामगरले महासचिव विप्लव रोल्पाबाटै चुनाव लड्ने कुरा पक्का भइसकेको स्पष्ट पारे। उनले भने, “यो पक्का हो कि महासचिव कमरेड विप्लव रोल्पाबाटै चुनाव लड्नुहुन्छ। लुम्बिनी प्रदेश इन्चार्जको हैसियतले पनि म यो कुरा स्पष्ट रूपमा भन्न चाहन्छु।”
महासचिव विप्लवले आगामी निर्वाचनमा देशभर आफ्ना उम्मेदवार खडा गरिने जानकारी दिँदै सबै उम्मेदवारलाई जिताउन पार्टीले अधिकतम शक्ति परिचालन गर्ने बताए।
उनले भने, “देशैभर हामी उम्मेदवारी दिन्छौँ र हाम्रा सबै उम्मेदवारलाई जिताउन सम्पूर्ण शक्ति लगाउँछौँ।”
महासचिव विप्लव पहिलो पटक प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिन लागेका हुन्। सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा गरिसकेको छ।
राजनीतिक रूपमा अर्थपूर्ण मानिने रोल्पा निर्वाचन क्षेत्रबाट महासचिव विप्लवको उम्मेदवारीले आगामी प्रतिनिधि सभा निर्वाचनलाई थप चासो र प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ।



ताजा अपडेट
- Les limites de mise sur Stake Casino que vous devez connaître
- Fortune Coin Slots vs Other Popular Slot Games
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- Comment contacter le service client de Mirax Casino
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया