Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठअन्यरौतहट जिल्ला अदालतका सम्पूर्ण कामकारबाही स्थगित, गौरमा अनिश्चितकालीन कफ्र्यू

रौतहट जिल्ला अदालतका सम्पूर्ण कामकारबाही स्थगित, गौरमा अनिश्चितकालीन कफ्र्यू


काठमाडौं । जिल्ला प्रशासन कार्यालय रौतहटले आजका लागि निर्धारित सबै कामकारबाही स्थगित गरेको जनाएको छ।

जिल्ला प्रशासन कार्यालय रौतहटले अर्को आदेश नभएसम्म गौर नगरपालिका क्षेत्रमा अनिश्चितकालीन कफ्र्यू आदेश जारी गरेपछि अदालत प्रशासनले सूचना प्रकाशित गर्दै आजका सम्पूर्ण सेवा रोकिएको जानकारी दिएको हो।

कफ्र्यू आदेशअनुसार कुनै पनि व्यक्तिलाई आवतजावत गर्न, भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न निषेध गरिएको छ। सोही कारण अदालतका नियमित सेवा तथा मुद्दा सम्बन्धी कार्यसमेत प्रभावित भएका हुन्। अदालतबाट प्रदान गरिने आजका सबै सेवा स्थगित रहने छ भने ,आजका लागि तोकिएको तारिख र म्याद भने नगुज्रिने स्पष्ट पारिएको छ।

फागुन ७ गते विवाहमा बाजा बजाउने विषयलाई लिएर दुई समुदायबीच उत्पन्न तनावपछि सदरमुकाम गौर क्षेत्रमा स्थिति असहज बनेको छ। शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै प्रशासनले अनिश्चितकालीन कफ्र्यू लागू गरेको हो।

स्थिति सामान्य भएपछि अदालतका सेवा पुनः सञ्चालनबारे थप सूचना जारी गरिने जानकारी गराएको छ ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino