ललितपुर–३ मा माओवादीका खगेन्द्र महर्जन मैदानमा, विकासको एजेन्डासहित उम्मेदवारी
काठमाडौं । ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट नेकपा (माओवादी केन्द्र) का तर्फबाट खगेन्द्र महर्जन ‘विकास’ ले प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन्।
राष्ट्रिय स्वाधीनता, आत्मनिर्भर अर्थतन्त्र र जनअधिकार सुनिश्चितताका एजेन्डा बोकेर महर्जन आगामी फागुन २१ गते हुने निर्वाचनमा गुलाफ चिन्ह लिएर मैदानमा उत्रिएका हुन्।
ललितपुर महानगरपालिका वडा नम्बर २८ का स्थायी बासिन्दा महर्जनको राजनीतिक यात्रा २०५८ सालबाट सुरु भएको हो। उनले २०५८ साउन ७ गते नेकपा (माओवादी) को सदस्यता लिँदै सक्रिय राजनीतिमा प्रवेश गरेका थिए। २०६२ सालदेखि एरिया कमिटी सदस्यको जिम्मेवारी सम्हालेका महर्जन २०६४ मा काठमाडौं जिल्ला कमिटी सदस्य बने।
त्यसपछि २०६६ मा नेवाः राज्य समिति सदस्य, २०६७ मा नेवाः राज्य राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय उपाध्यक्ष, २०७१ मा ललितपुर जिल्ला सचिवालय सदस्य हुँदै उनले संगठन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। २०८० मंसिरदेखि २०८१ पुससम्म नेकपा ललितपुर जिल्लाको इन्चार्ज रहेका महर्जन हाल पार्टीको केन्द्रीय कमिटी सदस्यको जिम्मेवारीमा छन्।
महर्जनले स्थानीय मुद्दालाई केन्द्रमा राख्दै चुनावी अभियान अघि बढाएका छन्। उनले सम्पदा र संस्कृतिको संरक्षणमा सक्रिय भूमिका खेल्ने, सुकुम्बासीलाई धनीपुर्जा दिलाउन पहल गर्ने, सार्वजनिक तथा सरकारी जग्गा संरक्षण गर्ने प्रतिबद्धता जनाएका छन्।
यस्तै, गैरन्यायिक रूपमा तोकिएका खोला तथा सडक मापदण्ड खारेज गर्ने, स्थानीय निकायमा हुने व्याप्त भ्रष्टाचारको अनुगमन तथा कारबाही गर्ने उनको प्रमुख एजेन्डा रहेको छ।
सैंभु जग्गा एकीकरण र हरिसिद्धि इँटा–टायल कारखानाबाट पीडित जनतालाई न्याय दिलाउने विषय पनि महर्जनको प्राथमिकतामा परेको छ।
लामो राजनीतिक अनुभव र स्थानीय मुद्दामा स्पष्ट एजेन्डासहित मैदानमा उत्रिएका खगेन्द्र महर्जनले ललितपुर–३ मा माओवादीको शक्ति पुनःस्थापित गर्ने दाबी गरेका छन्।
अब मतदाताले ‘विकास’ एजेन्डालाई कत्तिको विश्वास गर्छन् भन्ने कुराले निर्वाचनको नतिजा तय गर्ने देखिन्छ।
ताजा अपडेट
- Les limites de mise sur Stake Casino que vous devez connaître
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- Comment contacter le service client de Mirax Casino
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया