Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठराजनितिललितपुर–३ मा रास्वपाकी तोसिमा कार्की भारी मतान्तरसहित विजयी

ललितपुर–३ मा रास्वपाकी तोसिमा कार्की भारी मतान्तरसहित विजयी


काठमाडौं । प्रतिनिधिसभा निर्वाचन–२०८२ अन्तर्गत ललितपुर निर्वाचन क्षेत्र नम्बर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार तोसिमा कार्की विजयी भएकी छन्।

अन्तिम मतपरिणामअनुसार कार्कीले ४३ हजार ९६ मत प्राप्त गर्दै स्पष्ट जित हात पारेकी हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जितेन्द्रकुमार श्रेष्ठ ले ९ हजार ४५ मत मात्रै प्राप्त गरेका छन्।

त्यसैगरी नेकपाका राजकाजी महर्जन ले ६,०२२ मत, नेकपा एमालेका सन्दन थापा मगर ले ३,२९७ मत, राप्रपाका सबिनकुमार खड्का ले २,०३७ मत प्राप्त गरेका हुन् ।

श्रम संस्कृति पार्टीका ऋतुवर्तन राई ले १,४७२ मत ल्याउँदा उज्यालो नेपाल पार्टीका विजय पन्त ले १,३२० मत प्राप्त गरेका छन्।

यससँगै ललितपुर–३ मा रास्वपाले प्रभावशाली जित दर्ता गर्दै प्रतिनिधिसभामा आफ्नो उपस्थितिलाई थप मजबुत बनाएको छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino