Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठराजनितिलोकतन्त्र सुदृढीकरणका लागि ‘तारा’मा मतदान गर्न नेकपाको अपिल

लोकतन्त्र सुदृढीकरणका लागि ‘तारा’मा मतदान गर्न नेकपाको अपिल


काठमाडौं । आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले मतदातालाई ‘तारा’ चुनाव चिन्हमा मतदान गर्न आह्वान गरेको छ।

बिहिवार पार्टीका संयोजक पुष्पकमल दाहाल र सह–संयोजक माधव कुमार नेपाल द्वारा जारी अपिलमा लोकतान्त्रिक प्रणालीको संरक्षण, संविधान कार्यान्वयन, राष्ट्रिय स्वाधीनता रक्षा र समाजवादी विकासको दिशामा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको हो।

अपिलमा संघीय लोकतान्त्रिक व्यवस्थालाई थप मजबुत बनाउने, समावेशी र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने तथा स्थापित प्रणालीविरुद्धका गतिविधिलाई निरुत्साहित गर्ने उल्लेख गरिएको छ।

पार्टीले सुशासन प्रवर्द्धन, भ्रष्टाचार नियन्त्रणका लागि कडा कानुनी कदम, सम्पत्ति छानबिन संयन्त्र गठन तथा शक्ति पृथकीकरणको सिद्धान्तअनुसार शासन सञ्चालन गर्ने नीति अघि सारेको जनाएको छ।

आर्थिक क्षेत्रमा उत्पादन वृद्धि, कृषि आधुनिकीकरण, उद्योग प्रवर्द्धन, ऊर्जा विकास, पर्यटन विस्तार र रोजगारी सिर्जनालाई प्राथमिकता दिने योजना सार्वजनिक गरिएको छ। आयात निर्भरता घटाउँदै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने लक्ष्य पनि दोहोर्‍याइएको हो।

सामाजिक क्षेत्रमा जातीय, लैङ्गिक र क्षेत्रीय असमानता अन्त्य गर्ने, कुरीति उन्मूलन गर्ने तथा विपन्न वर्ग लक्षित कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

परराष्ट्र नीतिमा राष्ट्रिय हितलाई केन्द्रमा राख्दै सन्तुलित सम्बन्ध विस्तार गर्ने र अतिक्रमित भूमि फिर्ता ल्याउन पहल गर्ने उल्लेख गरिएको छ।  यसैगरी अपिलको अन्त्यमा पार्टीले विगतका अनुभवबाट सिक्दै अब परिणाममुखी काममार्फत देशको अवस्था सुधार्ने दाबी गरेको छ।

निर्वाचनलाई मुलुकको भविष्य निर्धारण गर्ने अवसरका रूपमा चित्रित गर्दै ‘तारा’ चिन्हमा मतदान गरी लोकतान्त्रिक र समाजवादी यात्रालाई सशक्त बनाउन आग्रह गरिएको समेत गरिएको छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino