Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठराजनितिवसन्तपञ्चमीमा राष्ट्रपति पौडेलको वसन्त श्रवण, उच्च पदाधिकारीहरूको सहभागिता

वसन्तपञ्चमीमा राष्ट्रपति पौडेलको वसन्त श्रवण, उच्च पदाधिकारीहरूको सहभागिता


काठमाडौं । वसन्त ऋतुको स्वागत गर्दै राष्ट्रपति पौडेल परम्परागत वसन्त श्रवण कार्यक्रममा सहभागी भएका छन्  ।

वसन्त पञ्चमीको अवसरमा  पौडेलले आज काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबार क्षेत्रभित्र रहेको नवसाल चोकमा आयोजित वसन्त श्रवण कार्यक्रममा सहभागिता जनाएका हुन् ।

परम्परागत रूपमा हुँदै आएको उक्त कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशील कार्की, राष्ट्रिय सभाका अध्यक्ष, गृहमन्त्री ओमप्रकाश अर्याललगायत विभिन्न संवैधानिक तथा सरकारी पदाधिकारीहरूको उपस्थिति रहेको हो ।

वसन्त श्रवण कार्यक्रम नेपाली सांस्कृतिक परम्परासँग जोडिएको महत्वपूर्ण धार्मिक–सांस्कृतिक अभ्यास मानिन्छ।वसन्त पञ्चमीको दिन वसन्त श्रवण गरे सुख, शान्ति र समृद्धि प्राप्त हुने जनविश्वास रहिदैआएको छ।

यसै अवसरसँगै आजको दिनबाट वसन्त ऋतुको औपचारिक सुरुवात भएको मानिने परम्परा पनि रहेको छ, जसले प्रकृति र जनजीवनमा नयाँ ऊर्जा र उत्साह भर्ने विश्वास गरिन्छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino