विप्लव नेतृत्वको नेकपाद्वारा चुनावी घोषणापत्र सार्वजनिक, ‘एकीकृत आर्थिक नीति’ मुख्य आधार
काठमाडौँ ।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आगामी निर्वाचनका लागि आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ।
पहिलो पटक प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन लागेको उक्त पार्टीले आर्थिक नीतिलाई प्रमुख एजेण्डाका रूपमा प्रस्तुत गरेको छ। घोषणापत्रमा पार्टीले आफ्नो आर्थिक दृष्टिकोणलाई ‘एकीकृत आर्थिक नीति’ नाम दिएको छ। यस नीतिअन्तर्गत एकीकृत स्वामित्व प्रणालीमा आधारित समाजवादी तथा प्रतिस्पर्धात्मक अर्थतन्त्र अवलम्बन गरिने उल्लेख गरिएको छ। पार्टीले देशको आर्थिक दिशा नयाँ आर्थिक मार्गमा आधारित हुने दाबी गरेको छ।
घोषणापत्रमा राज्यको आर्थिक नीति आत्मनिर्भरता, अन्तरनिर्भरता हुँदै समृद्धितर्फ उन्मुख हुनुपर्ने उल्लेख छ। त्यसका लागि दिगो कृषि, पर्यटन, उद्योग र व्यापार क्षेत्रलाई प्राथमिकतामा राखिने बताइएको छ। साथै आत्मनिर्भर र निर्यातमुखी अर्थतन्त्र निर्माण गर्ने नीति लिइने र राज्य तथा निजी क्षेत्रको साझेदारीमा आर्थिक गतिविधि अघि बढाइने उल्लेख गरिएको छ।
कृषिलाई नेपालको अर्थतन्त्रको मुख्य आधारका रूपमा व्याख्या गर्दै पार्टीले यस क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्ने जनाएको छ। जमिन, जंगल, पानी, वातावरण, उर्वरता र जनशक्तिको सदुपयोग गर्दै कृषि क्षेत्रमा उद्यमशीलता प्रवर्द्धन, व्यवसायीकरण र बजारीकरण आवश्यक रहेको घोषणापत्रमा उल्लेख छ।
कृषिको आधुनिकीकरणका लागि राज्यले लगानी बढाउनुपर्ने, भू–उपयोग नीति, तालिम, प्रविधिमैत्री प्रणाली, उन्नत बीउ–मल र बजार व्यवस्थापन सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ। खाद्यबाली, फलफूल, जडीबुटी लगायतका उत्पादनलाई उद्योग, व्यापार र समग्र अर्थतन्त्रसँग जोडेर समृद्धिको आधार बनाउनुपर्ने उल्लेख गरिएको छ।
घोषणापत्रमा स्वदेशी लगानी र स्रोतसाधनमा आधारित भएर जलविद्युत्, खानी, पर्यटन, सिमेन्ट, कपडा लगायतका उद्योग स्थापना तथा विकासमा प्राथमिकता दिने नीति सार्वजनिक गरिएको छ।
नेकपा (विप्लव) को घोषणापत्र सार्वजनिक भएसँगै वैकल्पिक आर्थिक मोडलसहित पार्टीले निर्वाचनमा कस्तो जनसमर्थन जुटाउँछ भन्ने विषयले राजनीतिक वृत्तमा चासो बढाएको छ।

ताजा अपडेट
- Les limites de mise sur Stake Casino que vous devez connaître
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- Comment contacter le service client de Mirax Casino
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया