विभिन्न माग सहित नेकपा (माओवादी )ले राष्ट्रपति समक्ष बुझायो ज्ञापन पत्र
काठमाडौं । नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रवक्ता प्रकाडको सहभागितामा आज दिउँसो २ बजे नेकपा( माओवादी)ले राष्ट्रपतिलाई ज्ञापन पत्र बुझाउँने भनिएको थियो ।
उक्त ज्ञापनपत्र अहिले राष्ट्रपतिको कार्यलय शितल निवासमा , बुझाइसकेको छ ।
सोही ज्ञापन पत्रमा १३ मागहरू यसरी राखिएको छ ।
१. वर्तमान अन्तरिम सरकारलाई भंगगरी सबै पक्ष मिलेर नयाँ अन्तरिम सरकार गठन गर्नु पर्छ।
२. जेनजी विद्रोहको भावना अनुरुप साथै विशेष परिस्थितिमा अवलम्बन गरिने आवश्यकताको सिद्धान्तलाई संविधान संशोधन गर्नु पर्छ ।
३. २३ र २४ गते भएका गोलीकाण्ड र विध्वंसको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारवाही गर्नु पर्छ ।
४. संविधा निर्माणदेखि असन्तुष्ट वर्ग, जाति, लिंग, क्षेत्र, समुदाय र युवा लगायतका मागलाई समेटेर संविधानको पुनर्लेखन गर्नु पर्छ ।
५. नयाँ संविधान अनुसार राज्यको पुनरसंरचना गर्नु पर्छ । राज्यको पुनरसंरचना गर्दा अग्राअधिकार सहितको समाजवादी संघीय ढाँचामा गरिनु पर्छ ।
६. राजनीतिक स्थिरताका लागि कार्यकारी प्रमुखको छनोट प्रत्यक्ष निर्वाचनद्वारा गर्नु पर्छ।
७. राज्यले उच्चस्तरीय भूमिका आयोग बनाएर निष्पक्षताका आधारमा छानबिन गर्नु पर्छ र वास्तविक सुकुम्वासीलाई बास सुनिश्चितता गर्दै जमिन उपलब्ध गराउनु पर्छ ।
८.भ्रष्टाचारको निष्पक्ष छानबिन गर्ने उच्चस्तरीय नागरिक आयोग गठन गर्नु पर्छ।
९.भ्रष्टाचारीमाथीको मुद्दा हेर्ने शक्तिशाली न्यायलय गर्नु पर्छ। उक्त न्यायलयको फैसला नै अन्तिम फैसला हुनुपर्छ ।
१०. राज्यको सम्पत्ति हिनामिना गर्ने भ्रष्टचारीको सम्पत्ति राष्ट्रियकरण गरी जन्म कैद गर्नु पर्छ ।
११. गैरकानुनी रूपमा आर्जन गरिएको कालोधनलाई राज्यको मातहत ल्याउन लिएर, ५ सय र १हजारको नोटलाई खारेज गरी नयाँ नोट प्रचलनमा ल्याउनु पर्छ ।
१२. अस्थिर राजनीतिक परिस्थितिमा देशको स्वाधीनता र सार्वभौमिकतामाथि भइ रहेको साम्राज्यवाद हस्तक्षेप रोकि घुसपैठियाहरुलाइ कडा कार्वाही गर्नु पर्छ।
१३. नेपाली मौलिक जनसंस्कृति माथि भइरहेको साम्राज्यवादी साँस्कृतिक हस्तक्षेप बन्द गर्नुपर्द्छ ।
हाम्रा यी मागहरूलाई १० दिनभित्र सम्बोधन नगरिए, सडक संघर्षमा अगाडि बढ्ने जानकारी पनि आफ्नै माग पत्र मार्फत अवगत गराउन चाहन्छौं भनेर नेकपा (माओवादी) ले ज्ञापन पत्र बुझाएको छ ।


ताजा अपडेट
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया