विशेष महाधिवेशनको दबाब चर्कियो, कांग्रेस केन्द्रीय कार्यालय सानेपा घेराउ
काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग गर्दै आएका पक्षधर कार्यकर्ताहरूले पार्टी केन्द्रीय कार्यालय सानेपा घेराउ गरेका छन्।
नियमित १५औँ महाधिवेशनको कार्यतालिका असफल भएपछि विशेष महाधिवेशनको माग झनै चर्किएको हो।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वको समूहले विशेष महाधिवेशनको तयारी तीव्र पारेको बताइएको छ।
पार्टी विधानको धारा १७(२) अनुसार ५४ प्रतिशतभन्दा बढी अर्थात् २,४८८ महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर बुझाएको करिब तीन महिना बितिसक्दा पनि केन्द्रीय नेतृत्वले निर्णय नगरेको भन्दै पक्षधरहरू आक्रोशित बनेका छन्।
विशेष महाधिवेशन पक्षधर कार्यकर्ताहरूले केन्द्रीय कार्यालय घेराउ गर्दै नाराबाजी गरेका हुन् । उनीहरूले पुस मसान्तभित्र विशेष महाधिवेशन गर्ने तयारीस्वरूप भृकुटीमण्डपमा हलसमेत बुकिङ गरिसकेको बताएका छन्।
तर, संस्थापन पक्षले भने विशेष महाधिवेशनको सट्टा नियमित महाधिवेशनलाई वैशाखमा सारेर अघि बढ्ने निर्णय गरेको छ। यसले कांग्रेसभित्रको आन्तरिक विवाद थप चुलिएको देखिएको छ।
पार्टीभित्रको यो कलहले आगामी फागुनमा हुने संसदीय निर्वाचनमा समेत असर पार्ने संकेत देखिएको छ। पार्टी एकता कायम राख्न छलफल जारी रहे पनि हालसम्म सहमति जुट्न सकेको छैन।
कांग्रेसभित्र विशेष र नियमित महाधिवेशनको विवादले पार्टीको आन्तरिक संरचना मात्रै होइन, आगामी निर्वाचनको तयारीलाई समेत अन्योलमा पारेको छ। समयमै सहमति र स्पष्ट निर्णय नआए आन्तरिक असन्तुष्टि अझै बढ्ने देखिन्छ।
ताजा अपडेट
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया